• उर्लाबारी, २७ कार्तिक
    आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट डिगबहादुर लिम्बू र वाम गठबन्धनको तर्फबाट एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् । दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी नेता वर्षमान पुन र खतिवडालाई पराजित गरेर राष्ट्रिय राजनीतिमा चर्चामा आएका लिम्बूलाई नै कांग्रेसले प्रतिनिधिसभाका लागि उम्मेद्वार बनाएको छ । र, उनी यतिखेर जित सुनिश्चितताका लागि आफ्ना एजेण्डा र भावी योजना लिएर मतदाता कहाँ पुगिरहेका छन् ।
    मोरङ क्षेत्र नं. १ मा लिम्बूको व्यक्तिगत लोकप्रियता र प्रभाव त छदैँछ, त्यसमाथि स्थानीय तह निर्वाचनमा कांग्रेसको विजयीलाई लिएर लिम्बूको जीत निश्चित प्रायः भएको जानकारहरू बताउँछन् । क्षेत्र नं. १ मा पर्ने चार स्थानीय तहमा कांग्रेसले विजय हाँसिल गरेको थियो ।
    आर्थिक विकासका लागि अबको सांसदको भूमिका स्थानीय र प्रान्तीय सरकारसँग समन्वय गरेर बढीभन्दा बढी जनचाहाना अनुरूप काम गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले स्थानीय तहमा कांग्रेसले विजयी हाँसिल गरेकाले लिम्बूको विजयले मात्र तीन तहबीच समन्वय हुने मतदाताले मूल्यांकन गर्न थालेका छन् ।
    लिम्बूले विगतमा संसदको रूपमा क्षेत्रको विकासका लागि खेलेका भूमिकाले पनि उनलाई सशक्त उम्मेदवारका रूपमा उभ्याएको छ । स्थानीय तहको मतकै आधारमा बाम गठबन्धन बलियो देखिएपनि लिम्बूको व्यक्तिगत लोकप्रियताका आधारमा मतान्तर बढ्ने अनुमान गरिएको छ ।
    लिम्बूको लोकप्रियता बढ्दै जाँदा बाम गठबन्धनले भने लिम्बूको विरूद्ध भद्दा आरोप सहित विरोधमा उत्रिएका छन् । आम मतदाता भने गठबन्धनका नेता कार्यकर्ताले लगाउने अनर्गल झुट्टा आरोपको विपक्षमा देखिएका छन् । उत्तरी मोरङको विकास निर्माणमा लिम्बूले पुर्याएको योगदान र जनताको दुःख सुखमा उनले दिएको साथदेखि डराएर विरोधीहरू फगत आरोपमा उत्रेको लेटाङ नगरपालिकाका प्रशान्त निरौलाले बताए ।
    विकासका पर्यायका रूपमा रहेका लिम्बूले विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको सक्रियताले क्षेत्रमा २२ वर्षपछि जनताले विकासको अनुभूति तथा जनप्रतिनिधिको प्रत्याभूति गर्न पाएका छन् । रमितेखोला, वारंगी, सिंहदेवी, भोगटेनीजस्ता विकट गाउँमा लिम्बूले विकास निर्माणको जग बसाले । सडक, विद्युत विस्तार, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत जनताका आधारभूत आवश्यकता लिम्बूले आफ्नै अग्रसरता अनुभूत गरेको त्यस क्षेत्रका बासिन्दाले बताउने गरेका छन् । लिम्बू निर्वाचित भएको १ बर्ष नबित्तै बक्राहा, चिसाङ, मोरङ्गी खोलामा पुल निर्माण भएका छन् । यस्तै, लिम्बूले मिक्लु खोलामा पनि पक्की पुल निर्माणका लागि साढे ११ करोडमा डिपिआर तयार गरेका छन् ।
    जनपक्षीय आवाज बुलन्द गर्ने विश्वास मतदाताबीच भएका लिम्बूले विकास निर्माणका कैयन योजनाहरूको शुरूवात गराउन सफल भए । उत्तरी मोरङका सबै जसो विकासको शुरूवात गर्न उनले अग्रसरता देखाएका छन् । त्यसैले उनको लोकप्रियता चुलिँदो छ ।
    उर्लाबारीका पत्रकार किशोर श्रेष्ठ भन्छन्, ‘लिम्बू नभएको भए अरूले कुनैपनि हालतमा यति छिटो उत्तरी मोरङका जनताको लाइफलाइनको रूपमा रहेको सडक, पुल, विद्युतलगायत सम्पन्न हुने आश पनि थिएन ।’
    दोस्रो संविधान सभाका पहिलो जिम्मेवारी भनेको नै संघीय गणतन्त्र नेपालको संविधान जारी गर्नु रहेको थियो । संविधान निर्माणमा पनि उनले पार्टीको नीतिमा सहयोग पुर्याउँदै योगदान दिएका थिए । उत्तरी मोरङमा बाढी आओस्, या कसैलाई समस्या परोस्, जनताको घरदैलमा पुग्ने पहिलो सांसद् नै थिए, लिम्बू । ‘उनी यति चाँडो गाउँबस्तिमा आउलान भन्ने हामीले कल्पना पनि गरेका थिएनौ यसै कारण पनि हामी लिम्बूलाई फेरी पनि आत्मसम्मानका साथ भोट हाल्ने तयारीमा छौं’, मिक्लाजुङ गाउँपालिकाका महेन्द्र लिम्बू बताउँछन् ।

     

    फेरी किन रोज्ने मोरङ १ का मतदाताले डिगबहादुरलाई ?


    सम्भवत अघिल्लो व्यवस्थापिका संसदमा रहेका सांसद्मध्ये डिगबहादुर एक त्यस्ता सांसद हुन्, जसले संसद विकास कोषबाट प्राप्त बजेट खर्चको सम्पूर्ण हिसाब किताब पारदर्शी रूपमा सार्वजनिक मात्र गरेनन् त्यसको सम्पूर्ण विवरण प्रकाशन गरेर जनताको घरघरमा पुर्याए । उनले काम गर्दा लोभ र लाभमा होइन जनताको आवश्यकतालाई ध्यानमा राखेर बजेट बाँढफाँड गरे ।
    डिगबहादुरको अर्को सशक्त पक्ष भनेको उनको नैतिकता र चरित्रमा कुनै दाग नलाग्नु हो । कतिपय सांसदहरू आफ्नो लाभका लागि कमीशन र घुसखोरीमा चुर्लुम्म डुबिरहदा उनले सम्पूर्ण आर्थिक क्रियाकलापलाई पारदर्शी रूपमा सार्वजनिक गरे ।
    कार्यकाल भरि नै संविधान निर्माणमा महत्वपूर्ण भूमिका त खेले नै साथै क्षेत्रको विकासका लागि आवश्यक समन्वय, सहकार्य र सहयोगीको रूपमा उनले निरन्तर भूमिका निर्वाह गरे फलस्वरूप क्षेत्रले केही न केही विकासको रूपरेखा कोर्न सफल भयो ।

    अबको निर्वाचनमा जनतालाई हिरो’ बनाउने यस्ता छन्, उनका चुनावी एजेण्डा
    दोस्रो संविधानसभाको निर्वाचनमा मुख्य त संविधान बनाउने कार्यभार सहित निर्वाचित भएका उनी विकास निर्माणमा पनि उत्तिकै सक्रिय रहे । आर्थिक विकास र समृद्धि मुख्य एजेण्डाको रूपमा लिएर जनताका माझ गइरहेका उनी विकासका लागि अबको सांसदको भूमिका स्थानीय र प्रान्तीय सरकारसँग समन्वय गरेर बढीभन्दा बढी जनचाहाना अनुरूप काम गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् । यदी आगामी निर्वाचनमा आफू निर्वाचिन भए क्षेत्र नम्बर १ लाई समृद्ध र नमूना बनाउने योजना भएको बताउँछन् ।
    उनले सडक तथा पूर्वाधार निर्माण, नदी तटबन्ध, पर्यटन, कृषि, प्राविधिक सीप, स्वास्थ्य, शिक्षा, रोजगारलगायत जनताका आधारभूत आवश्यकतालाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् । सडक तथा तटबन्ध निर्माण आफ्नो प्राथमिकतामा भएको उनले बताए ।
    लिम्बूले उत्तरी मोरङको भाग्यरेखा रहेको चुरे फेदी वैकल्पिक राजमार्गका लागि विशेष पहल गर्ने बताएका छन् । धरान–याङशिला–केराबारी–लेटाङ–जाँते–टाँडी–मधुमल्ला–दमक हुँदै बाहुनडाँगीसम्म जोडिने सडकमा पुल निर्माणलाई उनले प्राथमिकता दिने बताएका छन् । यस्तै, पूर्वपश्चिम राजमार्ग उत्तरका पथरी–जाँते, बेलबारी–बुधबारे–आइतबारे, केराबारी–सिंहदेवी–सम्मेवा, उर्लाबारी कान्छीचौंक–लालमाटी–क्षेत्रपुर, उर्लाबारी मंगलबारे–धानखेती–आइतबारे, रामपुर–बताहा–मालिबाँसे–कोर्ना, सोमबारे–चिसापानी–फाइवा–वारंगी–लेटाङ, उर्लाबारी किसानचौंक–टाँडी–रमितेदेखि धनकुटाको ६ नं. बुधबारे सडक निर्माण तथा स्तरोन्नतिका लागि उनले प्राथमिकता दिएका छन् ।
    भौगोलिक रूपमा नदी तथा खोलाका कारण जनतालाई आवतजावत गर्न असहज भएको भन्दै उनले मिक्लुखोला, खदमखोला, भुवाखोला, तेलीखोला, भलुवाखोला आदिमा पुल निर्माणका लागि विशेष जोड दिने बताएका छन् । ‘पुल निर्माण नहुँदा जनताले दुःख पाएका छन्’, उनले भने, ‘पुल निर्माणका लागि मेरो विशेष जोड रहेको छ ।’
    बर्सेन वर्षाका समयमा मावा, नुनसरीबक्राहा, लोहन्द्रा, खदमखोला, भलुवा, तेली, सोल्टी, मोरङे र चिसाङ खोलाले घरजग्गा तथा खेतीयोग्य जमिन बगरमा परिणत हुने गरेकोले यसको दीर्घकालिन रूपमा समाधानका लागि उनले तटबन्ध निर्माणका लागि जोडदार पहल गर्ने बताएका छन् । यसैबीच, उनकै पहलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सिचाइँमन्त्री हुँदा बक्राहा तटबन्ध निर्माणका लागि साढे तीन अर्ब रूपैयाँ बिनियोजन भएको छ ।
    स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरालाई मध्यनजर गर्दै सम्पूर्ण जनताको स्वास्थ्य विमालगायत अस्पतालहरूको स्तरवृद्धिका साथै गरिब, विपन्न तथा निम्न आर्यस्तर भएकाहरूलाई स्वास्थ्य पहुँच पुर्याउने उनको योजना रहेको छ ।
    वर्तमान युग सुहाउँदो प्राविधिक शिक्षामा जोड दिदैँ उनले हरेक विद्यालयमा ई–लाईव्रेरी र अंग्रेजी माध्यामबाट पठनपाठन गराउने बताएका छन् ।


    पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र नम्बर १ का जनतालाई लाई पर्यटनबाट समृद्ध बनाउन गुरूयोजना तयार गरिने उनले बताए । विशेषगरी मिक्लाजुङ डाँडा, जेफाले डाँडा, ध्वजे डाँडा, नेसेलुङ डाँडा, राजारानी पोखरी, बेतना सीमसार, थामचुलीजस्ता पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने साथै महाराजथान, गम्बा, चैत्य, मठमन्दिर, मस्दिज, साकेला थानजस्ता ऐतिहासिक सांस्कृतिक सम्पदाहरूको महत्व उजागर गरी धार्मिक पर्यटनको विस्तार गर्ने उनले बताए ।
    जिल्ला सभापतिसमेत रहेका लिम्बू जिल्लालाई नै समृद्ध बनाउने अभियानका साथ चुनावी मैदानमा होमिएका छन् । उत्तरी मोरङका सबै जसो विकासको शुरूवात गर्न अग्रसरता देखाएका उनले विराटनगरलाई ताररहित, प्रादेशिक राजधानीलगायत एजेण्डा अघि सारेका छन् । लिम्बूका प्रतिष्पर्धी घनश्याम खतिवडाले उनको सिको गर्न खोजे पनि खासै सफल भएको देखिदैन । उनी सार्वजनिक रूपा लिम्बूको कटाक्ष त गर्छन् तर नागरिकले विश्वास गर्न सकेका छैनन् । चुनावका बेलामा मात्र महत्वकांक्षी योजना तथा खरा भाषण गर्ने घनश्याम ‘कुरा मात्र गर्ने, कामको माख्खो नमार्ने’ नेताका रूपमा मतदाताले मूल्यांकन गरिसकेका छन् । लेटाङ गाविस अध्यक्ष हुँदा पनि ‘कुरा मात्र गरेको, काम भने सिन्को नभाचेको’ आरोप घनश्याममाथि छ ।
    जनताको कुनै विपत्त तथा समस्यामा नाक मुख नदेखाउने घनश्यामलाई ‘कसरी भोट दिनु’ भन्दै एमाले निकटकै कार्यकर्ता प्रश्न गर्छन् । ‘चार वर्षअघि भोट माग्न आउँदा देखेको, आज फेरि दुई हात जोडेर झुल्किँदैछन्’, ती कार्यकर्ताले भने ।
    ‘चुनावका बेलामात्र मुख’ देखाउने घनश्याम फिक्का देखिएका छन् । बाम गठबन्धनको आडमा चुनाव जित्ने आशामा घनश्याम रहेपनि उत्तरीमोरङमा डिगबहादुर ‘ढुंगा खोज्दा देउता मिले’ झै भएको स्थानीयको अनुभव छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…