• भोजपुर । कार्तिक २८, २०७४

    एमाले नेता तथा भोजपुर–१ प्रदेश सभाका उम्मेदवार शेरधन राईमाथि सांघातिक आक्रमण भएको छ । निर्वाचन प्रचारका क्रममा ट्याम्के मैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा आज पूर्वमन्त्री राईमाथि बम आक्रमण भएको हो ।

    आक्रमणबाट उहाँका अंगरक्षक डिल्ली सापकोटा घाइते हुनुभएको छ भने नेता राई सकुशल छन । निर्वाचन प्रचारको क्रममा भएको सो घटनाप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कार्वाहीको माग गरेका छन ।

    ‘हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको सांघातिक आक्रमणलाई हाम्रो पार्टीले गम्भीरतापुवर्क लिएको छ ।

    निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं,’ अध्यक्ष ओलीले बिज्ञप्ती जारी गर्दै भनेका छन , ‘यस घटनामा संलग्न जोसुकै भएपनि उनीहरुको उदेश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँडने र मुलुकमा भाँडभैलो मच्चाइ रहने स्पष्ट हुन्छ ।

    हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरुलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमणहरु नियन्त्रण गर्न सचेत गराउँछौं ।’

    अध्यक्ष ओलीले आक्रमणको घोर निन्दा गर्दै सरकारको रवैयाप्रति आपत्ति जनाएका छन । ‘सम्वेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने, सत्ताधारी दलका उम्मेदवार वरिपरि अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बाम पक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एक पछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ,’ बिज्ञप्तीमा भनिएको छ, ‘हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपुर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेण्टी गर्न सरकारसँग माग गर्दछौं । र, घटनामा संलग्न दोषीमाथि कडा कार्वाही गर्न आग्रह गर्दछौं ।’

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…