• विराटनगर, २३ पुस । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ ।
    प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलोपटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सुदीश निरौला ट्रस्टका तर्फबाट टेकमाया निरौला संस्थापक रहेकी उक्त पुरस्कारको राशि १५ हजार र सम्मानपत्र रहेको छ । पौडेलका विभिन्न विधा र अनुवादका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । दिवंगत छोरा सुदीशका नाममा निरौला परिवारबाट यो पुरस्कार संस्थापन गरिएको हो । निरौलाको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । इन्जिनियरसमेत रहेका निरौला साहित्यप्रति रुची राख्ने र कवितासमेत लेख्ने गर्दथे । यसै वर्षदेखि प्रदान गरिने पुरस्कार आगामी माघ ६ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए ।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …