काठमाण्डु, ३ मंसिर–
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल गम्भीर बिरामी परेका छन् ।
एकाएक बिरामी परेपछि उनलाई आइतबार बिहानै काठमाण्डुको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पारिवारिक स्रोतले प्रकाश बिरामी भएर अस्पताल भर्ना भएको स्वीकार गर्यो । उनलाई ह्दयघात भएको परिवारका एक सदस्यले काठमाण्डु टुडेलाई बताए । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बुझिएको छ ।
source: onlinekhabar.com