•  ३ मंसिर, काठमाडौं २०७४

    आइतवारको बिहानै पिबिएम कमरेड प्रकाश शर्मा आदित्यको मिस्कल आएकोरहेछ।बत्ती नभएकोले वाइफाइ कनेक्सन थिएन।जतिबेला मिस्कल र बत्ती थिएन यो आइतवारले दुखीत बनाएको थिएन,कता जाने के गर्नेको योजनामा कमरेड प्रकाश आचार्यसगको आजको अप्पोइन्ट्मेन्ट सम्झें र उठें,स्नान गरें अनि पिबिएम कमरेडलाई कलब्याक गरें,पार्टीको सामान्य काम र धेरै नमिठो अपुष्ट सुनुवाइ भयो अध्यक्षको छोराको ,लक्ष्मण जी बुझ्नुस है भन्नुभयो,मैले फोन काटिदिएं,बत्ती आयो मन र मुटु नै चुडिने खबर लिएर।

    त्यसपछी कमरेड दिपेन्द्र सिंखडाको मेसेज आयो कुरा के हो ?मैले यतिबेला सम्म न त टिभी हेरेको छु,न त समाचार लिङ्कहरु नै खोल्न भ्याएको छु ! अन्नपूर्ण पोस्टले एकाएक हुँदै गरेको उज्यालो अँध्यारो बनाउदै लेखेको रैछ प्रकाश दाहालको नर्भिक अस्पतालमा निधन,कारण हृदयघात ।त्यसपछी आँखा भरी आँसु भरियो,प्रचण्डकि जेठी छोरीको स्तन क्यान्सरले ॐ अस्पतालमा भएको निधनको आलो घाउ थपिएर सम्झनामा नराम्ररी मर्माहत बनायो। नर्भिक अस्पतालमा मैले पहिला काम गर्दा प्रत्यक्ष भेट र परिचय भएका कम्रेड प्रकाश ,जसलाई दोश्रो पटक पनि सोही अस्पतालमा प्रकाश उनकी पत्नी बिनाको साथ्मा भेटिएका थिए।अनि तेश्रो पटक कार्की पार्टी प्यालेस माइतिघरमा माके पार्टी एकता हुदा जेठ ६ गते अन्तिम भेट भएका प्रकाश मैले विगतमा पहिलोपटक भेटिएकै स्थानबाट आजको बिहानको मिर्मिरे उज्यालोसंगै सदाका लागि बिदा भएछन। मान्छेको यो नश्वर चोला आखिर कहिले र कतिबेला हो त्यो त थाहा छैन नै ……… तर………

    यिनै गहिरा चोटहरुले यति बेला प्रचण्डको मुटुमा फलामको धरिलो हलो जोतिएको छ,अनि देशै मर्माहत र शोकाकुल भएको छ कारण महान जनयुद्धका जिउदो योद्धाको अवसान।यस्तै घटनाहरुले प्रचण्डलाई सम्हालिन कठिन भएको यो परिवेशमा ४ वटा सन्तानका बुवा कमरेड प्रचण्डले जेठी छोरी र एक मात्रै छोरा गुमाइसकेका छन,शोकले हानिरहेको क.प्रचण्ड दम्पतीलाई यतिबेला लेख्ने शब्द अभावमा हरफै पिच्छे मन चुड्याइ चुड्याइ शब्दहरु रोइरहेका छन। यि र यस्तै असहिय चोटहरुले आज प्रचण्डले पुत्र प्रकाश मात्रै गुमाइरहेका छैनन यो देशले जनयुद्धको एउटा जिउदो योद्दा गुमाएको छ।जनयुद्धपछि जब प्रचण्ड देश बनाउन तिर लागे प्रचण्डको संसार भत्काइदिन निर्दयी दैव हावी भयो।हो रहेछ फल लाग्ने वृक्षलाई धेरै चोटहरु लाग्दो रहेछ।यिनै चोटहरुले प्रचण्ड प्रकाश नबनुन,धैर्य धारण गर्न सक्षम आदरणीय अध्यक्ष कमरेड प्रचण्डको धैर्यताको बाध नटुटोस।

    यो देशमा प्रचण्ड बिना अबको लोकतान्त्रिक शासन व्यवस्था सम्भव नै छैन।अनि करोडौं प्रचण्डका छोराछोरीहरु भएका देशका अभिभावक कमरेड प्रचण्डले आफुलाई हेर्नुभयो भने उहाको मुहारमा जति नै रोए पनि मन नथाम्मिने कथाहरु र व्यथाहरु छन,रक्तिम क्रान्तिका डोबहरु छन,युगपुरुष तपाई र तपाइको समस्त परिवारमा भावपूर्ण समवेदना संगै महान योद्धा कमरेड प्रकाश दाहालको मृत आत्माको चिर शान्तिको कामना गर्दछु।देश रोइरहेको बेला ,योद्धा ढलिरहेको बेला सम्हालिन सकिएन भने स्व. कमरेड प्रकाशहरुका सपना अधुरा हुनेछन।हामिले स्तब्ध अनुभुत,मर्माहत र अत्यन्तै दुखित र पिडित यो आइतवारको विहान पायौं,सबै देशभक्त ,क्रान्तिकारी ,आदरणीय नेपाली दाजुभाइ ,दिदिबहिनीहरु सबैमा धैर्यधारणको लागि हार्दिक समवेदना ।अभागी प्रचण्डले यो देशको भाग्य र भविस्य असहिय बेदना सहेर भए पनि निर्माण गर्नेछन।

    उनी एक्लिदै गरेको बेला हामिले साथ छाड्नु हुन्न।यो देशका राष्ट्रनायक अध्यक्ष क. प्रचण्डलाई हामिले हाम्रो साथ छाड्यौं भने प्रचण्ड झनै शोकाकुल हुनेछन। देश टुहुरो भएको यो अवस्थामा मेरा शब्दहरु यहांभन्दा अगाडि बढ्न सकेनन।महान जनयुद्धका जिउदो योद्दाको भौतिक शरीर हामी माझबाट बिदा भए पनि उनको त्याग,बलिदानको देशको निम्ति जे दिए नेपालको इतिहासले स्वर्णिम अक्षरले लेख्ने नै छ,प्रकाशका अधुरा सपनाहरू पूरा हुने नै छन। अब स्मृतिमा मात्रै बाच्यौ प्रकाश यति छिटै नआउने बाटो गयौ प्रकाश समयको निर्दयी खेलले मर्माहत बनायो प्रकाश यी हरफहरुका माझ दिपक झै जल्दै सारा देश रुवायौ प्रकाश उत्साह,उमंगहरु मर्न थाले ,उज्यालो नि मर्न थाल्यो यस्तै यस्तै अनुभूति भो हार्दिक श्रध्दान्जली तिमिलाई प्रकाश आज प्रचण्डको मुटु चुडिएको छ,देश रोएको छ उनै प्रचण्ड एकपछी अर्को शोकको भागिदार बनिरहेका छन ।

    धन्न प्रचण्डले आफैलाई सम्हाल्दै देश सम्हालिरहेका छन,तर चिन्ता हामिलाई अब प्रचण्ड फेरि पनि सम्हालिए हुन्थ्यो। एउटा छोराले छाडेर गए पनि देशैभर करोडौं सन्ततिका पिता भै बाचिरहे हुन्थ्यो अन्तमा कमरेड प्रकशको मृत आत्माको चिर शान्तिको कामना गर्दछु। मेलम्ची नगरपालिका -१,भोटेचौर,सिन्धुपाल्चोक हाल: काठमाडौं ,नेपाल ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…