३ मसिर २०७४ काठमाडौँ –
आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वर पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले दाहालप्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।
दाहाललाई श्रद्धान्जली दिन हजारौँको संख्यामा नेता कार्यकर्तालगायत सर्वसाधारण पेरिसडाँडा पुगेका हुन् ।
पेरिसडाँडा विभिन्न पार्टीका नेता, सञ्चारकर्मी, शुभचिन्तक र सुरक्षाकर्मीले खचाखच भरिएको थियो ।
पार्टि केन्द्रिय कार्यालय पेरिसडाडाबाट प्रबक्ता पम्फा भुषालले एक शोक वक्तब्य पत्र वाचन गरि पत्रकारहरुलाई जानकारी दिएका थिए ।