• उर्लाबारी ।

    नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा उम्मेदवारी दिनुभएका युवा नेता ललित अधिकारी मतदाता भेटघाट तथा चुनाबी सभामा ब्यस्त हुनुहुन्छ ।
    मंसिर २१ गते हुने निर्वाचनको लागि उहाँ काग्रेसकर्ता सहित घरदैलो तथा सभामा ब्यस्त हुनुहुन्छ । घरदैलो कार्यक्रमा मतदाताहरुसँग कुराकानी गर्दै त्यहाँका समस्याहरुको बारे जानकारी लिने गर्नुहुन्छ भने अग्रजहरुबाट आर्शिवाद । घरदैलो अभियानमा निक्कै उत्साह मिलेको छ , ललितले भन्नुभयो, मेरो उम्मेदवारीले यहाँका मतदाताले निक्कै विकास हुने अपेक्षा राख्दै सहयोग गर्ने प्रतिबद्धता राख्नुभएको छ ।
    उर्लाबारी ५ निवासी ललित अधिकारी स्थानीय स्तरमा समाजिक ब्यक्तित्वमा रुपमा परिचित हुनुहुन्छ । ललितको लागि अहिले कांग्रेसीहरु निक्कै सक्रियको साथ लागि पर्नुभएको छ । त्यसो त बाहिरी रुपमा नखुले पनि अन्य दलकाहरुले पनि सहयोग गर्ने बुझिएको छ ।
    गाउँ गाउँमा ललितको पक्षमा निक्कै माहौल बढेको छ । ललितले चुनाब जित्ने आधार धेरै छन् । उनले गरेको समाजिक काम र बौद्धिक तथा विकासप्रेमी मन उनको प्लस प्वाइन्ट हो । ललित भन्नुहन्छ, मतदाताको मन जितेको छु, मत पनि जित्छु ।

    ललित अधिकारी, पूर्वी उत्तर मोरङका प्रभावशाली नेता हुनुहुन्छ । मोरङ जिल्लाको साविक जाँते गाविस वडा नं. ३ नामसालिङमा पिता डिल्लीबहादुर र माता हरिलक्ष्मी अधिकारीको कोखबाट २०२३ सालमा जन्मनुभएका उहाँ विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । हाल उर्लाबारी वडा नं. ५ को स्थायी बासिन्दा रहनुभएका अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि औपचारिक रूपमा कांग्रेसमा आवद्ध हुनुभयो । पारिवारिक तथा समाजसेवी धनबहादुर कार्की लगायतको प्रेरणाबाट कांग्रेसमा आवद्ध भएको बताउनुहुने उहाँ पार्टीको विभिन्न पदमा रहेर कुशलतापूर्वक नेतृत्व गर्दै आउनुभएको छ । अधिकारी २०५३/५७ सालसम्म उर्लाबारी गाउँ उपसभापति, तरूण दल मोरङ जिल्ला सदस्य र २०५७/०६२ सालसम्म उर्लाबारी गाउँ सभापति, २०६३ मा मोरङ निर्वाचन क्षेत्र नं. २ सभापति हुँदै १२ र १३ औं महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित हुनुभयो ।



    २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ९ बाट समानुपातिकतर्फको उम्मेद्वार बन्नुभएका उहाँ मोरङ जिल्लामै समानुपातिकतर्फ बढी मत प्राप्त गरेपनि पार्टीभित्रको आन्तरिक व्यवस्थापनका कारण सभासद् हुनबाट रोकिनुभयो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको अनुशासन समितिको संयोजक भई काम गर्नु भएका अधिकारी स्थानीय स्तरमा नेपाल रेडक्रस सोसाइटी, उर्लाबारी बहुमुखी क्याम्पस लगायतका विभिन्न संघसंस्थाहरूमा सल्लाहकारमा रहेर पनि सहयोग पुर्याउँदै आउनुभएको छ । उहाँ हाल नेपाली कांग्रेसबाट मोरङ प्रदेश नम्बर १ का प्रदेश उम्मेदवार हुनुहुन्छ । उहाँसँग जनताले धैरै अपेक्षा राखेका छन् । यो क्षेत्रलाई समृद्ध बनाउने जिम्मा ललितको काधमा आएको बजार तथा मतदाताहरुको जिब्रो झुण्डिएको पाइन्छ ।

    ललित भन्नुहुन्छ, राजनीतिक अस्वस्थ्य प्रतिस्पर्धा छोडौं । विचारमा प्रष्टता,संगठनमा प्रतिवद्धता र नेतृत्वमा एकरुपता देखाउन सके मात्र देश आर्थिक समृद्धि तिर लाग्छ । सहिदको सपना साकार हुन सक्छ । शासन विधिको हुनुपर्छ । विधिको शासन थालनी भयो भने साना तिना समस्याले विकास र रोजगारी सिर्जनामा कुनै असर पार्न सक्दैन । पुन तपाईहरुको साथ सहयोग सहकार्यको अपेक्षा राखेको छु ।


    ललित भन्छन् यस कारण मलाई भोट

    >युवा पुस्तालाई नेतृत्वमा पुर्याउने कार्यको प्रारम्भ गर्न ।
    >लोकतन्त्रलाई नेपाली जनजीवनमा स्थायित्व प्रदान गर्नेको कार्यको लागि होष्टेमा हैंसे गर्न ।
    >यस क्षेत्रको दिगो विकास र समृद्धिका निमित्त निरन्तर लागि पर्न ।
    >क्षेत्र भरिका गरिब उत्पीडित दलित मधेसी एवम् सीमान्तकृत र महिला वर्ग, एकल महिला तथा जेष्ठनागरिक अपाङ्गता भएका >समुदायको हकहित एवम् अधिकारको संरक्षण तथा सुरक्षाको लागि ।
    >क्षेत्रीय प्रतिनिधिका रुपमा भ्रष्टचार अत्याचार, व्यभिचार लगायत कुशासन विरुद्ध उभिन ।
    >संविधानद्वारा प्रदत्त सम्पूर्ण हक अधिकार एवम् सुविधाहरुलाई जनताको पहुँचभित्र पुर्याउँदै संविधानको एकनास र व्यवस्थित कार्यन्वयनमा सहयोग गर्न ।
    >क्षेत्र भरिका कुनाकाप्चा सम्म सडक सञ्जाल विस्तारमा जोडदिने ।
    >वेरोजगारी समस्याको समाधानका लागि क्षेत्र भित्रै रोजगार व्यवस्थाका गर्न अवसरहरुको सिर्जना गर्न ।
    >दिर्घकालिन र कतिपय तीव्र विकासका योजनाहरु तयार गरी कार्यान्वयन गर्न तत्पर रहन ।
    > क्षेत्रभरीको शिक्षा व्यवस्थामा देखापर्ने गुणस्तरहिनता र दलीय विकृतिहरुलाई न्यूनीकरण गर्न प्रतिवद्ध हुँदै क्षेत्रीय शिक्षामा सबैको एकनास पहँुच बनाउनका लागि ।
    > उत्पादन मुखी कृषि योजनाहरु क्षेत्र भित्र लागु गर्न प्रत्यनशील रहन ।
    >स्वास्थ्य सेवालाई प्रत्येक नगर,गाउँपालिका र वडा हरुका जनताको सहज पहुँच पुर्याउन कटिवद्ध हुन ।
    >क्षेत्रीय रुपमा वातावरण मैत्रीका निमित्त जोडदिँदै ठाउँठाउँमा फोहोर व्यवस्थापन योजना, सार्वजनिक शौचालय योजना, सुन्दर वजार >व्यवस्थापन योजना लागु गर्दै ठाउँ ठाउँमा शवदहनका निमित्त विद्युतीय शव गृहको निर्माणको निमित्त प्रत्यनशील रहन ।
    >बाढी नियन्त्रणका निमित्त नदि खोलाहरुमा प्राथमिकताका साथ तटवन्ध व्यवस्थापन गर्न तथा बाढी पीडितहरुलाई उचित सहयोग व्यवस्थाका निमित्त पूर्वाधारहरु निर्माणका लागि ।
    >कच्ची सडकहरुलाई स्तरोन्नती गर्नका लागि ।
    >बिभिन्न जातजातिका कलासंस्कृति र मठ मन्दिर,गुम्बा,मस्जिद,चर्चको संरक्षणको लागि ।>यो क्षेत्रका पर्यटकिय सम्भावना भएका स्थानहरुको स्तरोन्नतिका लागि पूर्वाधार तयार गर्न ।
    > खेल र खेलाडीको विकासका लागि योजनातर्जुमा गर्न ।
    >स्थानीय सञ्चारमाध्यमको विकासका लागि कार्यक्रमहरु तय गर्नका लागि ।
    >गाउँगाउँमा आधारभुत स्वास्थ्य र स्वच्छ खानेपानी बिस्तारका लागि ।

     

     

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…