०६ मङ्सिर (मङगलबार),२०७४ मोरङ । रातोकलम संवाददाता
वाम गठबन्धनका उमेद्वारहरुले आज विहान मोरङको मिक्लाजुङ्ग गाउँपालिका—८, तोरिबारीमा श्रम गरेर भोट मागेका छन् ।
मोरङको १ नम्बर क्षेत्रका वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उमेद्वार घनश्याम खतिवडा र १ (क) प्रदेश सभा सदस्यका उमेद्वार कुलबहादुर साम्बाले धानको बिटा उठाउनुको साथै तोरीको छर्दै गरेको ठाउँमा विहानभर सघाउने काम गरेका थिए । खतिवडा एमाले र साम्बा माओवादी केन्द्रको तर्फबाट साझा उमेद्वार हुन् । उमेद्वारसँग गएका कार्यकर्ताहरुले समेत किसानको खेतमा काम लगाइएको थियो ।
दिउँसो चुनाबि सभा हुने भएपछि उमेद्वारहरु तोरीबासी विहानै पुगेर श्रममा लागेको प्रदेश सभाका उमेद्वार कुसल साम्बाले बताए ।