उर्लाबारी/सञ्चार क्लब नेपाल उर्लाबारीलाई मुर्तिकार मञ्जुल मितेरीले एक थान कम्प्यूटर सहयोग गरेका छन् ।
आइतबार उर्लाबारी–६ निवासी मुर्तिकार मितेरीले २६ हजार बराबरको एक थान कम्प्युटर सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, पूर्वअध्यक्ष एबं सल्लाहकार जगन्नाथ भट्टराई, घनश्याम भण्डारीलगायतलाई हस्तान्ततरण गरेका हुन् । राष्ट्रलाई १ हजार मुर्ति उपहार स्वरुप दिने घोषणा गरेर चर्चामा आएका मितेरी विश्वकै ठूलो गौतम बुद्धको मुर्ति जापानमा बनाइरहेका छन् । छुट्टीको समयमा केही समयअघि उर्लाबारी आएका मितेरीले सञ्चारमाध्यमकै कारण आफू यो स्थानमा पुगेको भन्दै सानो मायाको चिनो स्वरुपमा सञ्चार क्लबलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
