• ०९ मसिर २०७४


    सृष्टिकै सुन्दर रचना हौ तिमी
    मेरो कोखको अमूल्य रत्न हौ तिमी
    संसारीक सुखको अनुभूती दिने
    मेरो आत्माको धड्कन हौ तिमी।
    मेरो संसार ज्योतिर्मय पार्ने
    पूर्णिमाको जुन हौ तिमी,मेरो बत्ति हौ तिमी।
    हाम्रो जीउने आधार हौ तिमी।
    हाम्रो घर स्वर्गको बगैंचा बनाउने परी हौ तिमी
    दानवलाई पनि देवता बनाउने कडी हौ तिमी।
    तिमी टाढा हुने अनुभूतीले भत्भती छाती पोल्छ
    मुटु र फोक्सोको सम्बन्ध टुटेको भान हुन्छ।
    तिमीलाई हेर्ने नयन कहिल्यै लोलाएन
    तिम्रो कोकिल स्वर सुन्ने कान कहिल्यै झर्को मानेन।
    तिम्रो रूप हेर्छु साक्षात् लक्ष्मी देख्छु
    तिम्रो गुण हेर्छु साक्षात् सरस्वती देख्छु।
    कसरी बर्णन गरू तिम्रो मेरो सम्बन्धको
    कसरी बर्णन गरू तिम्रो मेरो सम्बन्धको???


    छोरी थियौ आज बुहारी बन्दैछौ
    जिम्मेवारी धेरै छ संघर्ष गर्नु छ।
    हरेस खाने छैनौ हरेक सुखदुखको हासी हासी सामना गर्ने छौ।
    तिम्रो सुन्दर घरसंसारलाई स्वर्गैको महल बनाउनु


    लेखक -देभि काफ्ले

    अघिल्लो समाचार

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …