• चारखोले शिशिर(लिङदम) को 'नाना हौ' मा थात्थलोको नायिका सुमी लिम्बू ठेट पूर्बेली लोकगीत 'नाना हौ' बोलको लोकगीत चारखोले शिशिरले बजारमा ल्याएका छन् ।

    दुई दशकदेखि सङ्गीत र साहित्यमा साधनारत चारखोले शिशिरको आफ्नै स्वरको यो डेब्यू गीत हो । पछिल्लो चरणमा केहि गीतहरू रेकर्ड गराएका शिशिरले यो गीत एल्बमकोलागि तयार गरेका हुन् । सङ्गीतमा भने ख्याती कमाईसकेका शिशिरले ईलामबाट नै गीत-सङ्गीतमा शुरु गरेका थिए । ठेट र मिठास भाकामा लय भरिएको यस गीतको सङ्गीत पनि गायक स्वयमले गरेका हुन् ।

    अब यस लगत्तै 'म त झण्डै लडेको..' बोलको लोकगीत पनि सार्वजनिक गर्न लागेका शीशिरको यस गीतको म्युजिक भिडियो तेह्रथुम जिल्ला र पाँचथरको सिमाना तमोर नदीको किनार माझी टारमा छायाङ्कन भएको हो । थात्थलोकी नायिका सुमी लिम्बूको साथमा पाँचथर कै हाम्रो थिएटर नेपालका नाट्य समूहका नामहाङ चोङ्बाङ, ललिता थाम्सुहाङ र जितेन केरुङले अभिनय गरेका छन् ।

    यस भिडियोको निर्देशन तथा सम्पादन खगेन्द्र पन्धाक लिम्बूले गरेका छन भने खगेन्द्र पन्धाक लिम्बू, बिबी लिम्बू र पर्शुराम लिम्बूले छायाङकन गरेका छन् । यो म्युजिक भीडियोलाई मेन्छयायेम प्रोडक्सनले विश्वव्यापी रुपमा रिलिज गरेको हो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…