• ०९ मङ्सिर "शनिवार" २०७४

    धर्तीका बोझ भएकाहरुको नजरमा इज्जत,प्रतिष्ठा र विवेकहिनहरुको नजरमा लुट,ठगी र शोषण पेशा हुनेहरुको दृष्टिमा

    म पागल नै हुँ

    गरिब र निमुखाहरुको विरुद्द बोल्नेको नजरमा
    सोझा सादा र दु:खी गरिबको खुन चुस्नेको हेराइमा
    बेइमान र हरामखोरहरुको सोचाइमा

    म पागल नै हुं

    विचार पत्रु भएर आदर्श खरानी हुनेहरुको बुझाइमा
    आमा /दिदिबहिनी र चेलीबेटी नचिन्ने पशुहरुको आखामा
    प्रतिशोध र हेपाहा कर्म गर्ने कपुतको विचारमा

    म पागल नै हुं

    जलन ,ईर्ष्या र छुसी /जासुसीको बुझाइमा धन,शक्ति,अफबाह र मुढेबलको आत्मामा खुनी,रक्तपिपासु र झोलेको नकारात्मक अनुहारमा

    म पागल नै हुँ

    मलाई पागल भनेर चरित्र हत्या गर्ने चाहिँ मेरो नजरमा
    धर्तिभार एउटा उडुस हो मेरो बुझाइमा मजदुर,पिडित र दुखीहरुको मुटुमा
    म सिर्फ एउटा कलम हुं
    तर चरित्र पतन भएका मानव खोलहरुको मस्तिष्कमा

    म मात्रै पागल हुं
    म सिर्फ पागल हुँ

    - ०९ मङ्सिर "शनिवार" २०७४ भोटेचौर,सिन्धुपाल्चोकबाट

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …