• बाहुनडाँगी । उत्साह र नयाँ उर्जासहित वर्ष २०१९ को लोम लिडरर्स तथा काउन्सुलर एकाडेमी शनिवार सम्पन्न भएको छ ।
    शुक्रवारबाट काठमाडौँमा सुरु भएको एकाडेमीमा सहभागि नेपाल जेसीजका वर्ष २०१९ का अध्यक्ष, महासचिव र कोषाध्यक्षहरुले एकाडेमीबाट थप उर्जा लिएर फर्किएका छन् । एकाडेमीमा सहभागिले आफुलाई थप उत्साह प्राप्त भएको बताएका छन् ।
    ‘५ जना मानिसको अघि बोल्न गाह्रो हुन्थ्यो’ दैलेख जेसीज वर्ष २०१९ का अध्यक्ष रमा प्याकुरेलले भनिन्–‘आज मलाई ३ सय भन्दा बढी जेसीजमनहरुको अघि निर्धक्क बोल्न सक्ने भएको छु । यो सब मैले जेसीजबाट सिक्ने अवसर पाए ।’
    यता प्रस्तावित धनकुटा लेडी जेसीजकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठले जेसीजमा ढिलो प्रवेश गरेको बताउनु भयो । ‘बेलामा जेसीजमा प्रवेश गरेको भए आज म यो स्थानमा मात्र हुने थिइन होला’ अध्यक्ष श्रेष्ठले भन्नु भयो–‘जे भयो अब जेसीजमा प्रवेश गरेको छु । जे गर्छु जेसीजमा रहेर समाजका लागि गर्छु ।’
    लमजुङ जेसीज वर्ष २०१९ की कोषाध्यक्ष आइसा मियाले जेसीजभित्र जात,धर्म, धन, सम्पती, महिला पुरुषमा कुनै विभेद नभएको बताउनु भयो ।
    पहिलो पटक जेसीजको एकाडेमीमा सहभागि हुन आउनु भएकी मियाले भन्नु भयो–‘जेसीज भनेको रमाइलो गर्ने संस्था होला भन्ने लागेको थियो । तर, यस्तो होइन रहेछ । जेसीजले सबैलाई सम्मान गर्न सिकाउँछ । अनि समाजमा बाच्न पनि ,।’
    एकाडेमीको समापन समारोहको अवसमा विभिन्न व्यक्तिहरु व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जसमा जनवरी महिनामा जेसीज अफ द मन्थ हुने शाखाहरुलाई सम्मान गरिएको थियो । जस अन्तरगत क्षेत्र ‘क’ बाट उदयपुर जेसीज,क्षेत्र ‘ख’ बाट पोखरा लेडी, क्षेत्र ‘ग’ बाट मनोहरा जेसीज र क्षेत्र ‘घ’ बाट तुलसीपुर जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले प्रदान गर्नु थियो ।
    यसैगरी, नेपाल जेसीजलाई समयमा सदस्यहता शुल्क बुझाउने ५२ वटा शाखालाई जेसीजको ग्याबल अवार्ड प्रदान गरिएको थियो ।
    एकाडेमीका बारेमा मुख्य प्रशिक्षक सिनेटर डाक्टर दिपक शाक्यले गर्नु राजाबाबु शाह, रामजी अधिकारी, जेसीआई उपाध्यक्ष अर्पित हाती, अजय प्रधानाङले, सन्तोष क्षेत्री, डाक्टर दिनेश प्रसाई, सिनेटर राजु केसी, विकल शेरचन, रश्मि शिल्पकार, सिनेटर राजेन्द्रबहादुर श्रेष्ठ, तिर्थराज पौडेलले प्रशिक्षण गराउनु भएको थियो । प्रशिक्षक सबैलाई राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले नेपाल जेसीजको डायरी मायाको चिनो प्रदान गर्नु भएको थियो ।
    राष्ट्रिय अध्यक्ष सिनेटर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रशिक्षक डाक्टर दिपक शाक्य, रत्ननगर जेसीजको अध्यक्ष सुभाष

    अधिकारी, रामेछाप जेसीजका अध्यक्ष राजकुमार केसी., दैलेख जेसीजकी अध्यक्ष रमा प्याकुरेल, धनकुटा महिला जेसीजकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वर्ष २०१९ का राष्ट्रिय महासचिव सिनेटर सुजल श्रेष्ठले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…