•  

    जव नियम कानुन र समाजका साथै अन्य सवै क्षेत्रलाई बेवास्ता गर्दै कोही मानिस अगाडी हिड्छ भने उसले आफ्नो लागी जुनसुकै हर्कत गर्न पनि पछि पर्दैन भन्ने पुष्टी व्यवसायीहरुको संस्थाले गरेको छ ।

    देशको कानुन अनुसार स्थापना भएका कुनै पनि संघसस्था, उद्योग, कलकारखाना लगायत संघसंगठनको नेतृत्व लिएकाहरुले विद्यमान कानुन र संघसंगठन चलाउन बनाएको आचारसंहिता (विधान) लाई नै लत्याउदै व्यक्तीगत स्वार्थ पुरा गर्न लाग्ने समुहले आफु बाँचेर अरुलाई मरेतुल्य बनाउने काम हुदै आएको छ ।

    यहाँ भन्न र लेख्न खोजीएको विषय हो, व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका बर्तमान कार्यसमितिका केही प्रतिनिधिहरुको गैरकानुनी कार्य र संस्थाभित्र भएको अनियमिकता हो ।

    बैंकको कालोसूचीमा नाम भएका र आफुलाई उच्च व्यवसायीको दर्जामा रहेको हुँकार गर्दै विद्यमान संस्थाको बिधानलाई समेत अपव्याख्य गरी संस्थाको अध्यक्ष भई सकेपछि पुनः बरिष्ठ सदस्य भन्दै कार्यसमितिमा चयन भएर चण्डी नाच देखाउदै आएका महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकाल र सोही चण्डी नाचमा मख्ख भएर लैबरी लै गाउदै आएकी महासंघकै अध्यक्ष भबानी राणाले अधिकाशं सदस्यहरुको हित विपरित कार्य गरेको र संस्थामा व्यापक अनियमिकता गरेको भने पनि महासंघको बैठकमै झण्डै हात हालाहालको अबस्थामा पुगेको थियो ।

    महासंघभित्र शक्ति र पदको दुरुपयोग गर्दै आप्mनो स्वार्थअनुसारको निर्णय गर्ने र आम व्यवसायीको हकहितका सम्बन्धमा कुनै काम नगरेको भन्दै चर्किएको विवादले पछिल्लो सयममा चर्को रुपमात्र लिएन वर्तमान कोषध्यक्षले पदबाटै राजीनामा दिएर महासंघमा ढकाल र राणाकै मिलिमतोमा भ्रष्टाचारले उग्ररुप लिएको समेत आरोप लगाएका थिए ।

    महासंघभित्र बढ्दो आर्थिक अनियमिकता र केही व्यक्तीको इच्छा अनुसार बर्तमान अध्यक्ष भबानी राणाले निहित स्वार्थ पुरा गर्ने उदेश्यलेमात्र कार्यगरेको भन्दै सुरु भएको विरोध पछिल्लो पटक कार्यसमितिका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासंघभित्र मौलाएको विकृतिको विरुद्धमा आफू उभिएको भन्दै राजीनामा दिएपछि विवाद झन चर्कियो । महासंघकै आँडमा नक्कली रसिद छापेर आर्थिक हिनामिना गरेको, विद्यमान विधानमा भएको व्यवस्थालाई गलत व्याख्य गरेको भन्दै पूर्वअध्यक्षहरु समेत रुष्ट बनेका छन् ।

    महासंघलाई आफ्नै नेतृत्वमा लिने र आफु अनुसार चलाएर अबैधकार्यलाई कायम गर्ने गरि पुर्वअध्यक्ष ढकालले विधानलाई गलत व्याख्य गरेर विशिष्ठ सदस्य पदमा नियुक्त भएदेखिनै महासंघमा विबाद सुरु भएको हो ।

    पुर्वअध्यक्षहरुले चण्डीले विधानलाई नै अपव्याख्य गरेर आफु अनुकुल महासंघ चलाएका कारण महासंघको इतिहासमै कालोधव्बा पोतिन पुग्यो । तर सो गलत हो भन्दापनि बर्तमान अध्यक्ष भबानी जीले कुनै कुरा नसुनेका कारण महासंघमा विवाद निम्तीएको हो, महासंघको मुख्य विवादको जडनै चण्डी हो भनेर पुर्वअध्यक्षहरुले बताउदै आएका छन् ।’

    महासंघको विद्यमान विधान अनुसार संस्थाको हित चाहाने, संस्थाको विकासकालागि आबश्यक सल्लाहा दिने एक सदस्यलाई कार्यसमितिको विशिष्ट सदस्यलाई नियुक्त गर्ने गराउने भन्ने उल्लेख भएपनि सो विधानमा भएको बुँदालाई आफुअनुकुल व्याख्य गरेर चण्डीराज ढकाल विशिष्ट सदस्य भएदेखिनै विवादले चरमरुप लिन पुग्यो । महासंघमा प्रधानभन्दा अगाडि कोषाध्यक्ष पद रहने व्यवस्था थिएन । कोषाध्यक्ष नभएको अवस्थामा कार्यसमितिका कुनै एक सदस्यलाई आर्थिक गतिविधि हेर्ने जिम्मेबारी दिइदै आएको भएपनि पहिलो पटक भएको सो पदबाट प्रधानले राजीनामा दिएपछि महासंघमा हुदै आएको भ्रष्टाचार बाहिरीएको हो ।

    भबानी राणालाईमात्र अध्यक्ष बनाउनकै लागि विधान परिमार्जन भयो गत ३ वर्षअघि । आफु अनुकुल चलाउननै चण्डीको इच्छा अनुसार जवरजस्ती विधान संशोधन गरेर भबानीलाई अध्यक्ष बनाएरपछि फेरी विधान परिमार्जन गरेर चुनाबबाट अध्यक्षको चयन गरिने व्यवस्था गर्न चण्डीनै लागी परेका छन् ।

    अर्कोतर्फ पुर्वअध्यक्षहरु यदी सोही अनुसार गर्ने हो भने हामी कुनैपनि हालतमा सो विधान परिमार्जन हुन दिने छैनौ, हामी व्यवसायी हौ, महासंघमा नेतृत्वमात्र लिने र अबैधधन्दा चलाउने उदेश्यले फेरी विधान परिमार्जन गर्ने गतल कार्य तत्काल रोक्नु पर्छ, जवरजस्ती गरेमा महासंघमा ठूलो दुर्धटना हुन्छ भन्दै चेतावनी दिएपनि चण्डीले सो चेतावनीलाई कुनै महत्ब दिएका छैनन् । एकल समिति बनाएर चण्डी विधान संशोधनको ड्राफ्ट बनाएर बसेका छन् ।

    महासंघको वार्षिक साधारणसभा (नयाँ नेतृत्व चयन) कार्यक्रमको दिन नजिकिँदै जाँदा महासंघभित्र भने चर्को विवाद बढ्दै गएको छ । उक्त अवसरमा विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष बनाउने, अध्यक्षको व्यवस्थालाई परिवर्तन गर्ने समेतको खेल सुरु भएको छ । चण्डी ढकाल समुहले भने एकहोरो विधान परिमाजर्न गर्ने पक्षमा विधानको ड्राफ्ट’ तयार गरेको आरोप लागेको छ ।

    महासंघभित्र प्रायः शक्तिमै बसिरहेका पूर्वअध्यक्ष ढकालको दबदबा बढ्दै गएपछि र वर्तमान अध्यक्ष भवानी राणाले ढकालको इसारामा संस्थागत निर्णय गर्नथालेको आरोप समेत लागेको छ ।

    विवादित पूर्वअध्यक्ष ढकाल विधान संशोधनको संयोजक रहेका छन् । स्रोतका अनुसार विधान संशोधन समितिले तीन वर्षे कार्यकाललाई दुई वर्षमा ल्याउने, वस्तुगततर्फको जिम्मेवारीलाई २० बाट वृद्धिगरी २५ प्रतिशत पु¥याउने, एसोसिएटतर्फको जिम्मेवारीलाई ३० बाट घटाएर २५ प्रतिशतमा ल्याउने, केन्द्रीय समितिमै उपाध्यक्ष र जिल्ला उपाध्यक्ष भन्दै दुईवटा उपाध्यक्षको पद कायम गर्नेलगायतका विषय समेटेर विधान तयार गरिएको छ । ढकालकै कारण महासंघ विवादको दलदलमा फस्दै गएको ठहर समेत गरेर ढकाललाई कुनै पनि तवरबाट हटाउनुपर्ने जिकिर प्रधान समूहले गरेको छ ।

    वर्षौंदेखि उद्योग वाणिज्य महासंघमा राज गर्दै आएको समूहको चलखेलका कारण महासंघभित्रको मतभेद, गुटबन्दी अहिले चरम उत्कर्षमा पुगेको छ । व्यक्तिगत स्वार्थका समूहको चलखेलकै कारण महासंघको महत्वविहीन हुनपुगेको पूर्वअध्यक्षहरुको आरोप रहेको छ । महासंघभित्रकालाई टुटाउन र फुटाउन माहिर मानिने र आफू शक्तिमै रहने गरेका पूर्वअध्यक्ष चण्डी ढकालले यसपटकको षड्यन्त्रको पनि नेतृत्व हाँकिरहेका छन् ।

    उनकै योजनामा उद्योग वाणिज्य महासंघभित्र आगामी अधिवेशनदेखि अध्यक्षका लागि स्वस्थ प्रतिस्पर्धा हुन नदिने गरी पुनः विधानमै संशोधन गर्ने षड्यन्त्र सुरु गरिएको छ । महासंघमा व्यक्तिगत स्वार्थ पूरा गर्नकै लागि प्रयोग गरेका कारण इतिहासमै कमजोर साबित हुँदै गएको सदस्यहरुको बुझाइ छ । व्यापारी र व्यवसायीहरुको छाता संगठन भनिए पनि महासंघको भूमिका कमजोर भएका कारण अन्य काठमाडौंकेन्द्रित उद्योगी व्यापारीका संगठनले प्रभावकारी भूमिकामा प्रस्तुत भएकाले पनि महासंघको नेतृत्व कमजोर बन्दै गएको छ ।

    महासंघको काम उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने एउटा प्रतिष्ठित छाता संस्थाको रुपमा स्थापित गर्ने लक्ष्यका साथ स्थापना गरिएको संस्था हो । तर यो संस्था व्यापारीभन्दा बढी गैरव्यापारी, पावरका भोका, दलालीमा माहिर र राजनीतिका लागि अनेक तिकडमबाजी गर्ने व्यक्तिहरुको अखडा बन्न पुगेको आरोप पूर्वअध्यक्षहरुले लगाएका छन् ।

    उद्योग वाणिज्य महासंघले व्यवसायीकरणभन्दा भ्याट, कर, भन्सार र राजस्वका सवालहरुमा दलाली गर्ने संस्थाको छवि बनाउँदै गएको विश्लेषकहरुको आरोपछ । जसले गर्दा महासंघ विशुद्ध व्यापारीहरुको छाता संगठन हुनुपर्नेमा पावर ब्रोकर अर्थात् दलाल र राजस्वमाराहरुको संस्था हुन लाग्यो भनेर केही उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गर्ने गरेको पाइन्छ ।

    तर पछिल्लो समयमा चण्डीराज ढकाललगायतका केही डिफल्टर र ब्ल्याकलिस्टेड मान्छेहरु महासंघको नेतृत्वमा पुगेपछि संस्थाको गरिमामा आँच पुग्नथालेको जनाइएको छ । यसरी महासंघ गलत प्रतिस्पर्धा र गलत दिशामा जान लागेको ज्वलन्त उदाहरणका रुपमा उसको संशोधित विधानलाई लिन सकिने पूर्वअध्यक्षहरुको भनाइ रहेको छ ।

    तत्कालिन समयमा विधान संशोधनको विरोध गर्दै त्यतिबेला महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले संयुक्त विज्ञप्ति नै निकालेका थिए । विधान संशोधनको पक्षमा पूर्वअध्यक्ष चण्डीराज ढकाल र रविभक्त श्रेष्ठ मात्रै रहेका थिए ।

    यो विधानले महासंघलाई नयाँ दिशानिर्देश गर्नै नसक्ने र यसले महासंघभित्र धेरै विषयमा गम्भीर किचलो सिर्जना गरेको उनीहरु बताउदै आएका छन् । फेरि तीन वर्षभित्रै विधान जुन ढंगले संशोधन गरिँदै छ,त्यसमा झन् महासंघको इतिहासमै कालोधब्बा लगाउने खेल हुनलागेको ठहर पूर्वअध्यक्षहरुको रहेको छ ।

    केही व्यावसायिक घरानाको योजनाअनुसार महासंघका तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डेलाई ३२ वर्ष पुरानो मुद्दा उठाएर जेल पु¥याएको घटनाले पनि महासंघको इतिहासमा गुट÷उपगुट रहेको प्रष्टै भएको छ । धेरै पुरानो मुद्दालाई ब्युँताएर सुरु भएको खेल अब महासंघमा प्रथाकै रुपमा बस्न पुग्ने पनि देखिन्छ । महासंघमा हुने अस्वस्थ खेलले व्यक्ति र गुटगत स्वार्थलाई प्रश्रय दिएसँगै सो अवसर समेत गुम्ने खतरा बढ्दै गएको समेत पूर्वअध्यक्षहरुको ठहर रहेको छ ।

    महासंघको नेतृत्वचयनमा पछिल्लो समय ढकालको समर्थन र चलखेललाई निर्णायक समेत मानिँदै आएको पाइन्छ । तर उनी बैंकको ठूलो ऋण नतिरेर डिफल्टरका रुपमा कालोसूचीमा रहेका व्यक्ति महासंघको राजनीतिमा त्यत्रो शक्तिशाली कसरी भए भनेर धेरैलाई आश्चर्य समेत मानेका छन् । चण्डीराज ढकाल महासंघको अध्यक्ष भएयता आजसम्म त्यो संस्था उनकै अनुकूल चलेको आरोप पुर्वअध्यक्षहरुको रहेको छ ।

    महासंघको नेतृत्व राणाले सम्हालेपछि यसको सांगठानिक अवस्था इतिहासमै कमजोर सावित हुन पुगेकोभन्दै अध्यक्ष राणाद्वारा असन्तुलित नेतृत्व, सांगठानिक, प्रशासनिक क्षमता अति कमजोर र जनसम्पर्कविहीन भएकाले महासंघको गतिविधि नै ठप्प हुन पुगेको भन्दै कार्यकारिणी समितिका सदस्यहरुले आलोचना गर्न थालेका छन् । विगतमा उद्योगी–ब्यवसायीहरुको छाता संगठनको रुपमा उभिएको महासंघ राणाको कार्यकालमा यसको इतिहासको गौरवमाथि नै आँच आउने अवस्थामा पुगेको चर्चा पूर्वअध्यक्षहरुले गरि रहेका छन् ।

    यसैबीच, महासंघका महारथी, अग्रज, पूर्व अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने विषय महासंघको हितमा छैन भनेर सल्लाह सुझाव दिंदादिंदै पनि ढकालले जबर्जस्ती विधान संशोधन गरेपछि पूर्व अध्यक्षहरु महासंघबाट अलग भएर नेपाल उद्योग बाणिज्य महासंघ पूर्व अध्यक्ष परिषद् समेत गठन गरेका थिए ।

    भवानी राणालाई जिल्लाका महासंघका खम्बा मानिने भातृ संस्थाहरुले पनि वास्ता गर्न छाडेका छन् । जिल्लामा रहेका नगररजिल्ला उद्योग बाणिज्य संघहरु नेतृत्वविहीन महसुस गर्दै आफ्ना समस्याहरु बोकेर स्वयम् अग्रसर हुन थालेका छन् ।

    मोरंग उद्योग संघका अध्यक्ष भीम पौडेलको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचण्ड, उद्योग मन्त्री मात्रिका यादव, सामान्य मन्त्री लालबाबु पण्डित, मन्त्री वर्षमान पुन, मन्त्री भानुभक्त ढकाललगायतसंग उद्योगी–ब्यवसायीका समस्याहरु सामुहिकरुपमा छलफल गरेसंगै महासंघमा नेतृत्व भएरपनि विहिन सरह भएको भनाई रहेको छ ।

    अहिले चण्डीराज ढकाल, भवानी राणा, रविभक्त श्रेष्ठ लगायतको एउटा गुट विधान संशोधनमा सकृय भएका छन् भने पहिला यही गुटमा रहेका शेखर गोल्छा, पशुपति मुरारकाले आफ्नो अलग्गै गुट बनाएका छन् । उनीहरुको गुटमा ज्ञानेन्द्रलाल प्रधान रहेका छन्। महासंघका उपाध्यक्ष चन्द्र ढकालको भित्री समर्थन शेखर गोल्छा गुटलाई रहेको, तर बाहिर भने उनले ढुलमुले प्रवृति प्रदर्शन गरि रहेका छन् । भित्री रुपमा ढकाल समेत वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधान आफ्नो पालासम्म यथावत नै रहोस् भन्ने चाहना राखेका छन् ।

    गोल्छा समूह भने सकेसम्म विधान नै संसोधन हुन नदिने रणनीतिमा छ । विधान संसोधन भइहाले अध्यक्षको चुनाव नलड्ने, बरु महासंघ नै परित्याग गर्ने मूडमा गोल्छा र पशुपति मुरारका रहेको स्रोतको दाबी छ । जय होस ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…