काठमाडौँ, १४ मंसिर । गृह मन्त्रालयले भोलि (शुक्रबार) सार्वजनिक विदाको घोषणा गरेको छ । गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति मार्फत शुक्रबार परेको हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको बताइएको छ ।
वोसल्लम इस्लाम धर्मका प्रवर्तक हुन । उनलाई इस्लाम धर्मावलम्बीहरुले अल्लाहका अन्तिम शन्देशवाहक पनि मान्ने गर्छन् । उनको जन्मदिन नेपालका मुस्लिम समुदायले पनि मनाउदै आएका छन्। आउँदो आइतबार पनि उधौली पर्वमा सार्वजनिक विदा परेकाले अब सोमबारमात्रै सरकारी कार्यालय खुल्ने बताएको छ। सँगै मंसिरको २१ गते प्रदेश तथा प्रतिनिधिसभा चुनाव हुने ४५ जिल्लाका शैक्षिक संस्थाहरु भने अब मंसिर २२ गतेमात्र खुल्ने छन् । सरकारले चुनाव हुने जिल्लाका शैक्षिक संस्थाहरुमा मंसिर १८ देखि २१ गतेसम्म चार दिन सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ । इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमसको डे (डिसेम्बर २५)मा पनि सार्वजनिक विदा दिने निर्णय गरिएको बताइएको छ ।