• दमक ,११ फागुन । गत मंसीरमा एक युवतीलाई दुव्र्यवहार गरेको अभियोग लागेपछि फरार भएका दमकका पत्रकार मनकुमार गदाल सार्वजनिक कार्यक्रमहरुमा देखापर्न थालेका छन् ।
    शिवसताक्षीकी एक युवतीलाई गत मंसिर ८ गते शनिवार आफनै कार्यकक्षमा बोलाएर जर्वजस्ती विहे गर्ने भन्दै सिन्दुर लगाएर दुव्र्यवहारको आरोप लागेका पत्रकार गदाल पत्रकार मञ्चकै अध्यक्षका रुपमा सार्वजनिक हुन थालेका छन् । मञ्चकै नेतृत्वमा गदाल देखापर्न थालेपछि उनी आवद्ध संगठनसहित अन्य संघसंगठनहरुले आपत्ति जनाउदै आएका छन् ।
    घटनालाई सहज निकास निकाल्न त्तत्कालीन पीडित परिवार र पत्रकारजन्य दलीय नेतृत्वहरुसंग गदालले मञ्चको अध्यक्ष छाड्ने सहमति गरेका थिए । सहमति अनुसार यतिका समय वितेपनि गदालले मञ्चको अध्यक्ष पदबाट राजीनामा नदिएपछि नेपाल प्रेस युनियनले पत्रकारजन्य संघसंगठनहरुसंग छलफल चलाउन थालेका छन् ।
    युनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले पत्रकार मञ्चको नेतृत्व सहमतिमा चयन भएपनि अध्यक्ष गदालको हर्कतले पदमा बसिरहन नमिल्ने भएपनि विभिन्न आलटाल गरेर नेतृत्वमा बसे त्यसमा आफू
    हरुलाई मान्य नहुने चेतावनी दिए ।

    दुव्र्यवहारको अभियोग लागेका गदालले पत्रकार मञ्चलाई सहमतिमा थप सक्रिय वनाउनका लागि पनि पद छोड्ने बाटो देखाउनु पर्ने उनको भनाई छ । गदालले पद छाडेर मञ्चलाई सहमतिमा लैजान अवरोध गरे आफना सवै सदस्यहरु फिर्ता गराउने तयारीमा यूनियन रहेको छ । मञ्चमा उपाध्यक्ष झगेन्द्र खड्काको नेतृत्वमा कोषाध्यक्ष कुसुम तामाङ्ग र अन्य दुई जना सदस्य मञ्चमा छ ।
    यूनियनले पत्रकारहरुको छाता संस्थाका अध्यक्ष गदालले पुरयाँएको हर्कतलाई सामान्य घटनाका रुपमा लिन नसकिने जनाउदैआएको छ । त्यही लफडाले मञ्चका गतिविधिहरु शून्य छ भने दमकका पत्रकारहरुको पेशामानै आँच पुगेको ठम्याई यूनियनको छ ।
    यसैवीच ,गदालले युवती माथि दुव्र्यवहार गरेको विभिन्न सामाजिक सञ्जाल तथा अनलाइनहरुमा खबर सार्वजनिक भएपछि उनी आवद्ध प्रेस संगठनले पनि घटनाको सुक्ष्म अध्ययन गरि मञ्चबाट राजीनामा दिन निर्देशन दिएको थियो । गदाल साविक प्रेस चौतारी झापाका उपाध्यक्ष समेत हुन् ।
    संगठनका आफना नेतृत्वबीच भएको बैठकमा गदालले एकहप्ताको समय मागेपनि हालसम्म पनि उनले राजीनामा नदिएपछि अव उनी आवद्ध संगठनले नैतिक आचरणको कारवाही गर्न लागेको बुझिएको छ । संगठनले गदाललाई पदमुक्त गराएको पत्र मञ्चमा दिने तयारीमा रहेको स्रोतले जनाएको छ ।
    यस काण्डमा स्वम उनलाई आत्मग्लानी हुनको साटो यस्ता काण्ड छोरा मान्छेलाई आउने भन्दै बहानाबाजी गर्न थालेपछि पत्रकारजन्य संगठनका नेतृत्वहरु गदाललाई कुनै पनि हालतमा अध्यक्ष स्वीकार्न नसक्ने गरि आन्दोलित छन् ।
    मञ्चको पछिल्लो बैठकमा प्रदेशका मुख्यमन्त्री शेरधन राई, अमेरिकाको राष्ट्रपति डोनाल्ड टम्पलाई समेत यस्ता समस्या आएपनि उनीहरुले खोइ त राजीनामा नदिएको भन्दै अध्यक्ष पदको बचाउ गरिआएका छन् ।

    एसएलसी समेत अनुतीर्ण गदालको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर नेपाल पत्रकार महासंघमा सदस्यता पाएको घटना एक बेला निकै चर्चामा आएको थियो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…