• मेचीनगर । पारिजात पब्लिक स्कुल मेचीनगर–९ खुट्टेडाँगकिो १९ औँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ ।

    वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रबाट विद्यालयलाई योगदान पुर्याउने दर्जनौँ व्यक्तिहरुलाई सम्मान गरेको छ ।

    कार्यक्रममा पारिजात वर्ष उत्कृष्ट व्यक्तिको रुपमा प्राकृतिक द्धन्द्ध रुपान्तरणकी केन्द्रीय स्रोत व्यक्ति संगिता थापा, पारिजात वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार लोकतन्त्र पोष्टका कार्यकारी सम्पादक झुलन रेग्मी, वर्ष उत्कृष्ट सामाजिक संस्थाका रुपमा स्वबोध साधना केन्द्रलाई सम्मान गरिएको छ । यसैगरी, वर्ष उत्कृष्ट शिक्षकहरुमा मावितर्फ पर्वत उप्रेती, निमावितर्फ निलम कट्टेल, प्रावितर्फ रिकेश बस्नेत र मन्टेश्वरीतर्फ दिक्षा भुजेललाई सम्मान गरिएको छ ।

    सोही विद्यालय अध्ययन गरेर विभिन्न अहोदाहमा पुग्ने पूर्व विद्यार्थीहरु जनकराज चापागाई, प्रिती कट्टेल, ज्योति शाह र सविन पौडेललाई सम्मान गरियो । पूर्व शिक्षक भेषराज दाहाल, पूर्व कर्मचारी जंगबहादुर खड्का, पूर्व अभिभावक कमला न्यौपाने, मिना पौडेल र नारायाण काफ्लेलाई सम्मान गरियो । साथै वर्ष उत्कृष्ट अभिभावकको रुपमा इश्वरादेवी चापागाईलाई सम्मान गरिएको थियो ।

    विद्यालयले २०७३–०७४ को एसईई परीक्षमा उत्कृष्ट १८ जना विद्यार्थीलाई सम्मान पनि गरेको छ । यो वर्षको उत्कृष्ट विद्यार्थी अवार्ड अर्चन रिजालले पाएका छन् । खेलतर्फ दिलीप श्रेष्ठ, सलिन खड्का नमन श्रेष्ठ, रोश्मिका भट्टराई सम्मानित भएका छन् । यसैगरी, विद्यालयले एकसाता लगाएर विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरेको थियो ।

    वार्षिक उत्सवको अवसरमा विद्यार्थीले राष्ट्रिय गीतm आधुनिक तथा लोक गीतमा नृत्य गरेका थिए भने साना कक्षाका विद्यार्थीहरुले राइम्स, क्याटवर्क लगायत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

    विद्यालयका प्रिन्सिपल विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, नेपाल शिक्षक महासंघ झापाका पूर्व अध्यक्ष तेजप्रसाद चम्लागाईं, सम्मानित विद्यार्थी डा. ज्योति साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    शिक्षक निलम कट्टेल तथा टीका पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यालयका क्याप्टेन अर्चन रिजालले गरेका थिए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…