• झापा, फागुन ११ ।
    भारतवाट नेपाल आयातमा पुर्ण रोक लगाईएको पंक्षी तथा पंक्षी जन्य वस्तुको अवैध कारोवारको चर्को विरोध गर्दे झापाका कुखुरा व्यवसायी आन्दोलित भएका छन ।
    व्यवसायीले शनिवार बन्ध निषेधित झापाको सुरुङ्गा वजार परिक्रमा गर्दे नारावाजी सहित जुलुस निकालेर तस्कर विरुद्ध खुलेर सडकमा प्रदर्शन गरे । व्यवसायीयले भने, ‘यो हाम्रो शान्तिपुर्ण र जानकारी मुलक पहिलो आन्दोलन हो, भारतवाट अव प्रतिवन्धीत पक्षी र पंक्षी जन्य वस्तुको अवैध आयात भए व्यवसायी चुप लागेर बस्न सक्दैनौ ।’ झापाका वाहुण्डाँगी, तिरिङ्ग धिमालचौक, नकलवन्दा, काकडभिट्टा, सतिघट्टा, घोडामारा, कचनकवल, झापा वजार, गौरिगञ्ज, कुन्जीबारी, पन्थापाडा, खयरवारी, लगायतका नाकावाट अवैध रुपमा पंक्षीको आयात हुने गरको छ । यी नाकावाट अवैध रुपमा प्रहरीकै सेटिङ्गमा पक्षी तथा पंक्षी जन्य वस्तुको आयात हुने गरेको व्यवसायीको आरोप छ ।


    भारतवाट अवैध रुपमा आयात गरिएका पंक्षी नेपालका पोखरा, काठमाण्डौ लगायतका शहरमा लैजाने गरिएको छ । नेपालमा ०६४ सालदेखि भारत लगायत तेश्रो मुलुकवाट पंक्षीको आयातमा पुर्ण प्रतिवन्ध लगाइएको भएपनि प्रहरी प्रसाशनको सेटिङ्गमा नेपालका ठुला सहरहरुमा पैठारी हुने गरेको जिल्ला कुखुरा व्यवसायी संघ झापाका सचिव बोधराज निरौलाले वताए । उनले भने, ‘प्रहरीका कयौ ईकाई कार्यलय र पशु क्वारेन्टाईन समेतलाई प्रभावमा पारेर भारतवाट अवैध रुपमा पंक्षी जन्य वस्तुको आयात हुने गरेको छ ।’ दिनहु अवैध रुपमा झापाका नाका वाट आयात गरिएका भारतिय कुखुरा प्रहरीको सेटिङ्ग विना काठमाण्डौ लैजान नसकिने व्यवसायी वताउछन । तर, झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेशराज मैनाली भन्छन, ‘मलाई एक कल गर्नुहोस व्यवसाय सुरक्षाका लागि कुनै चिन्ता लिनु व्यवसायीले पर्देन ।’


    ढुवानी व्यवसायीले पनि पंक्षी तथा पंक्षी जन्य वस्तुको ढुवानी मापदण्ड २०६४ विपरित वस्तुको ढुवानि गरेको कुखुरा व्यवसायीले आरोप लगाएका छन । सो मापदण्डमा मानव जाती र पशु पंक्षी एउटै यातायातका साधनमा ढुवानि हुन नपाउने व्यवस्था छ । तस्करले भारतमा मोटर साईकलमा कुखुरा संकलन गर्ने र राति नेपालमा अवैध रुपमा भित्र्याउने गरिएको नेपाली व्यवसायीले वताए । नेपालवाट ति कुखुरा तस्करले वोरामा हालेर प्रहरी प्रसाशनको सेटिङ्गमा यात्रुवहाक वसमै खुल्ला रुपमा मुलुकका ठुला सहरमा लैजाने गरेका छन ।
    भारतवाट आयात गरिएका पंक्षी तथा पंक्षी जन्य वस्तुको अवैध आयातले नेपालमा कुखुरा व्यवसायीको व्यवसाय नै डुव्ने खतरा वढेको छ । त्यतिमात्र होईन पशु पंक्षीबाट मानव जातिलाई समेत खतरा हुने रोग भित्रिन सक्ने जानकार वताउछन ।
    प्रसासनले व्यवसायीको माग सुनवाई गरेपछि उनिहरु आफै भारतवाट अवैध रुपमा आयात गरिएका पंक्षी तथा पंक्षी जन्य वस्तु वरामद गर्दे प्रहरीलाई जिम्मा लगाउन थालेका छन । ‘हामीले पटक पटक प्रसाशनमा अनुनय विनय गर्दापनि व्यवसायीको मागमा प्रसाशनले वेवास्ता गरेपछि प्रहरीको काम गर्न शुरु गरेका हौ, जिल्ला कुखुरा व्यवसायी संघका झापा अध्यक्ष विवेक निरौलाले भने, ‘हाम्रो काम कुखुरा व्यवसाय गर्ने मात्र होईन राज्यलाई संकट परेको वेला सघाउने पनि हो ।’


    गएको फागुन १ गते झापा वजारवाट काठमाण्डौका लागि अवैध रुपमा लैजादै गरिएको लुईचे प्रजातिको भारतिय कुखुरालाई व्यवसायीले झापाको दुर्गापुरमा वरामद गरेका थिए । वरामद गरेको लुईचे प्रहरी, उध्योग वाणीज्य संघ स्थानिय पत्रकारको रोहवरमा पशु क्वारेन्टाईन कार्यलय काकडभिट्टामा नेपाली व्यवसायीले वुझाएका थिए । झापाका प्रमुख जिल्ला अधिकारीले नष्ट गर्ने आदेश दिएपछि पशु क्वारेन्टाईनले ति कुखुरा नष्ट गरेको थियो । कुनै कागजी प्रमाण नभएपछि चुइचे वरामद गरिएको कुखुरा व्यवसायीले वताए ।
    नेपालमा लुईचे प्रजातिको कुखुरा उत्पादन तथा विक्रि वितरण हुने गरेको छैन । संघका जिल्ला अध्यक्ष विवेक निरौलाले भने, यतिवेला तस्करले फर्जी कागजात वनाएर ईलाका प्रहरी कार्यलय सुरुङ्गामा हाम्रा व्यवसायी बोधराज निरौला र मोहन कार्की विरुद्ध क्षतिपुर्तिको दावि गर्दे उजुरी गरेका छन ।’ तस्करले वनाएका फर्जी कागजातमा दुई वर्ष अघि देखि काठमाण्डौ वस्दै आएका डा प्रल्हादा सापकोटाको हस्ताक्षर र स्टाम प्रयोग गरिएको छ । डा प्रल्हाद सापकोटाले सेतोपाटी संग भने, ‘यो मेरो हस्ताक्षर र छाप हुदै होईन ।’


    यता, झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेशराज मैनालीले अवैध रुपमा पशु पंक्षीको कारोवार गर्ने जो कोहिलाई पनि कार्वाहि गर्ने वताए । ‘हामी प्रत्येक नाकामा गस्ती वढाउछौ र अवैध कारोवार झापामा ठप्प पार्छो, प्रहरी उपरिक्ष मैनालीले भने ।’

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…