• हेम गिरी, अमेरिका

    गीतकार रबिन बिष्टको एकल शब्दमा प्रकाशन भएको 'छुटिएर' गीति एल्बममा गायक बिकु क्षेत्रीले एउटा गीत गाए ! एल्बम प्रकाशसँगै त्यो गीतले चर्चा पायो । गीतको चर्चासँगै गायक क्षेत्रीले गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने सोच बनाए । धेरै मेहनत अनि धेरै इच्छको कारण गायक क्षेत्रीको सुन्दर आवाजमा रहेको,’ जाउँ हिँड मसँग भागेर कता कता’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएरै छोड्यो । आफू नेपाली भाषी भुटानी भनेर संसारलाई चिनाउने सुन्दर आवाजका धनी गायक क्षेत्री नेपालमा जन्मेका हुन् भने उनको बुबा आमा भूटानमा । साथी भाईहरूसँग धेरै मिझासिलो अनि अरूको हरेक दुखमा साथ दिन चाहाने गायक बिकु हाल संयुक्त राज्य अमेरिकाको फार्गो नर्थ डाकोटामा बसोबास गरिरहेको छन् । सानैदेखि गीत गाउने अनि म्यूजिक भिडियो सार्वजनिक गर्ने सोच बनाएका गायक बिकु अहिले आफ्नो गीतक म्यूजिक भिडियो सार्वजनिक भएपछि खुशीले गदगद छन् अनि दर्शकहरूको प्रतिक्रिय सुन्न अनि बुझ्न आतुर छन् । गायक बिकुसँगको छोटो कुराकानीको अनुसार निकट भविष्यमा उनी अर्को गीत लिएर आउने सोचमा रहेको रहेछन् ।
    आजभोलि एक दिनमा हेरेर नसक्ने गरि नेपाली म्यूजिक भिडियोहरु युट्युवमा रिलिज हुनेछन्। कति गीतहरूले व्यापारिक हिसाबमा राम्रो सफलता पाउँछन् भने कुनै गीतहरू दर्शकहरु सम्म पनि पुग्दैनन्। राम्रो चर्चा‌ पाउने म्यूजिक भिडियोहरूमा देख्न पाइने मोडलको नाम हो, पल साह। म्यूजिक भिडियो र्बाटै दर्शकको आँखामा बस्न सफल पल साहले अभिनयमा पनि एक सफल नायकको ठाउँ ओगटेको छन। तेसै गरि, आँचल शर्मा पनि एक चर्चित मोडल तथा नायिका हुन्। यी जोडीलाई धेरैवटा म्यूजिक भिडियोमा सँगसँगै देख्न पाइन्छ। यो जोडीको जतिधेरै म्युजिक भिडियोहरु चर्चामा छ त्यति नै धेरै उनीहरूको प्रेम सम्बन्ध पनि । यहि जोडिले गायक बिकुको म्युजिक भिडियोमा अभिनय गरेको छन् । म्युजिक भिडियो सार्वजनिक भएसँगै अहिले गायक बिकु क्षेत्री र सो भिडियोको चर्चा हुन थालेको छ ।

    गीतलाई गायक तथा सङ्गीतकार डम्बर खापुङले संगीत गरेर झनै सुन्दर बनाएका छन् । म्यूजिक भिडियोलाई गम्बिर बिष्टले निर्देशन गरेका हुन भने छायाँकन नवराज उप्रेती, सम्पादन नविन निरौला, निर्माता पदम क्षेत्री अनि कोरियोग्रफर सुबल थापा रहेका छन् ।

    https://www.youtube.com/watch?v=rJupEZznjZw&feature=youtu.be&fbclid=IwAR14_zR88GyunRTKQrmBvD27DEzQG5ZUJ3-ddpOHjDu_tHfE4jeZ680VFXs

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…