• नेपाली साहित्यकाे विकास र विस्तारमा अनवरत क्रियाशील २०७१ सालमा स्थापित संस्था साहित्यिक चाैतारी नेपालले यही अाउँदाे मिति २०७५\११\१८ गतेका दिन नेपालका पुर्वमन्त्री तथा वरिष्ठ साहित्यकार प्रदीप नेपालज्यूकाे प्रमुख अातिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष 'ख' हलमा अाफ्नो पाँचौ वार्षिकोत्सव, कृति विमोचन तथा विविध कार्यक्रम २०७५ को अायोजना गर्दैछ ।



    कार्यक्रममा दुइ मुक्तक संग्रह साहित्यिक चौतारी नेपालको दोस्रो कृति "चौतारी" मुक्तक विशेषाङ्क र इजरायलमा रहेका नारी मुक्तककारहरूको संयुक्त संग्रह "नारी स्पन्दन" विमोचन हुनेछन् भने कार्यक्रममा साहित्यिक चौतारीले वर्षभरि गरेका विशेष कार्यक्रमहरूको पुरस्कार वितरण तथा साहित्यिक चौतारीका लागि मात्रै नभई नेपाली साहित्यिक अाकाशका लागि विशेष योगदान दिनुहुने साहित्यकारहरूलाइ सम्मानको कार्यक्रम पनि रहेको छ। कार्यक्रममा प्रतिनिधि मुलक मुक्तक वाचक अन्तरगत प्रदेश शाखा एकको प्रतिनिधि सोलुखुम्बुबाट राजकुमार सरगम , प्रदेश नम्बर दुई र तिनको प्रतिनिधि चितवनबाट अम्बिका कार्की , चार र पाँचको प्रतिनिधि पाल्पाबाट गोम विक्रम , प्रदेश नम्बर छ र सातको प्रतिनिधित्व गर्दै सुर्खेतबाट लोकेन्द्र पथ्थर तथा साहित्यिक चौतारी नेपालका विदेशका शाखाहरूको प्रतिनिधित्व गर्दै मलेसिया शाखाका पुर्वअध्यक्ष डिल्ली छत्कुली भावुकले मुक्तक वाचन गर्नुहुनेछ ।

    उक्त कार्यक्रमको मिडिया पाटनर रातोकलम डट कम रहेको छ भने साहित्यिक चौतारी नेपालका तर्फबाट नेपाली साहित्यका अग्रज समकालीन सहकर्मीहरू प्रिय साहित्यिक मनहरू साथै बुद्धिजीवी व्यापारी समाजसेवी पत्रकार लगायत अाम अामा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …