१९ मङ्सिर,मंगलबार,२०७४
मस्तिष्कका नशाहरु नै चुंडिएला जस्तो
भावनाको मुटु नै फुट्ला जस्तो
उज्यालो अन्धकार र होस बेहोस जस्तो
सिङ्गो आकाश मुनि एक्लो जस्तो
विश्वासमा फाटेर भरोसा हराए जस्तो
आफु आफैंसित डराए जस्तो
संसार सपनाको परिधिमा रुमल्लिए जस्तो
बिपना खै कहाँ बेपत्ता जस्तो
सोच्दै जगमा भुतहरु डढेल्लो जल्दै कस्तो
भुकम्प मनमा घर पनि ढल्ला जस्तो
स्मृतिभरी खहरेखोला सुसाए झैं जस्तो
मनभरी पहिरो लड्दै छ जस्तो
अनुभव भरी मुक आवाज बन्द भो जस्तो
मुहार भरीको मुस्कान मृत जस्तो
हेर्दै डायरी भुतका ती उकाली सजिव जस्तो
सम्झिदै झरिमा ती ओराली अहिलेकै जस्तो
कलम के लेख्छ कुन्नी, म देख्न सक्न सक्दिन
मन के ठान्छ कुन्नी, म बुझ्न सक्दिन
सम्हालिदै उड्यो जहाज भावनाको
रन्थनिदै टुट्यो वाचा त्यो विश्वासको