• २१ मङ्सिर २०७४

    भो म सचेत होइन अचेत हुन्छु
    हिजो बहुदल को आशा को
    त्यान्द्रो मा झुण्डिएको म मान्छे
    फेरी लोकतन्त्रको डोरीमा झुण्डीएं
    आशा र भरोसा धेरै पाएं।

    अब त हाम्रा अधिकारले ढोका
    घच्घच्याउने आशा मा मक्ख परें।
    बलात्कारमा परेकी छोरीले न्याय
    पाउने आशामा मक्ख परें।
    फेरी अचेत हुन मन लाग्यो
    जब बलात्कारीलाई तन्नाले ढाकेर
    चौकी बाहिर इज्जतसाथ ल्याएको देखें।

    छोराले फुरुंग हुदै भन्यो
    आमा अब त नेपालमै काम पाऊछु रे
    फेरी अचेत हुन मन लाग्यो
    जब छोराको लाश काठको बाकसमा
    खाड़ी मुलुकबाट शिलबन्दी भएर आयो।

    बा ले आशाको त्यान्द्रोमा झुण्डीदै भन्नुभो
    अब त हामी पनि खुशी-खुशी घरैमा बस्ने भैरों।
    फेरी मलाई अचेत हुन मन लाग्यो
    बालाई बृद्ध आश्रममा लैजादै गरेको देखें।

    खोला किनारमा गिट्टी कुट्ने दिदीले
    भन्नुभो
    अब त पारीश्रमिक धेरै पाउछु रे
    मलाई फेरी अचेत हुन मन लाग्यो
    दिदीको रोजगारी लुटियो मनेर।।

    जुठेको छोरों मक्ख पर्दै भन्यो
    अब त स्कूल जाने भैयो मनेर
    मलाई फेरी अचेत हुन मन लाग्यो
    फिर तिर्न नसकेर स्कूलबाट रुदै
    फर्केको देखें।

    बहुदल आयो,लोकतन्त्र आयो
    खुशी ले हामी फुरुंग्ग भैयो
    तर मलाई फेरी अचेत हुन मन लाग्यो
    नेताहरुले लोकतन्त्रलाई खिर्लिप्पै निलेको देखें।।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …