• मंसिर २१ गते, २०७४  अर्घाखाँची । 

    अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ५ को मथुरा मावि मतदान केन्द्र (ख) मा मतदान स्थगित भएको छ ।

    मतदानअधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र दिएको भन्दै नेपाली कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतदान स्थगित भएको हो । मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरेको मतपत्र दिएपछि कांग्रेस कार्यकर्ताहरुले मतपेटिका फाल्ने, मतपत्र च्यातेर जलाएका छन् । करिब ८ सय मत खसिसकेपछि कांग्रेस कार्यकर्ताहरुले मतपत्र च्यातेका हुन्।

    मतदान अधिकृत अधिकारीले हस्ताक्षर गरेको मतपत्र र नगरेको मतपत्र छुट्टाछुट्टै राखिएकोमा झुक्किएर हस्ताक्षर नगरेको मतपत्र वितरण भएको खबरडबलीलाई बताए।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…