•  २०७४ मंसिर २२ शुक्रवार काठमाडौ ।

    प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना भइरहेको छ । पहिलो चरणमा मंसिर १० गते मतदानभएका ३२ जिल्लाका ३७ क्षेत्रको मतगणना भइरहेको छ ।
    प्रतिनीधिसभाका ३७ क्षेत्र मध्ये अहिलेसम्म अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुई जना विजयी भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका एक जना विजयी भएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेम प्रसाद तुलाचन निर्वाचित हुनु भएको छ । तुलाचनले ३५४४ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रोमीगौचन थकालीले ३२८१ मत प्राप्त गर्नुभयो । मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित हुन भएको छ । उहाँले २ हजार ३ सय मत प्राप्त गर्नुभएको भयो निकटतम् प्रतिस्पर्थी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत प्राप्त गर्नुभयो । त्सैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी हुनभएको छ । नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत ल्याउनुभयो । अहिलेसम्म जारी मत गणनामा अधिकांश स्थानमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

    प्रतिनिधिसभा सदस्यमा नेकपाएमालेकाउम्मेदवारले १६ स्थानमा अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले १३ स्थानमा र नेपाली कांग्रेसका उम्मेदवारले ५ स्थानमा अग्रता लिएका छन् । प्रदेशसभामा पनि७४ क्षेत्र मध्ये ५८ क्षेत्रको मतगणना भइरहेको छ । नेपाली कांग्रेसले ४ ठाउँमा अग्रता लिएको छ भने बाँकी ठाउँमा वामगठबन्धनका उम्मेदवार अगाडी छन् ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…