बाहुनडाँगी । नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष (२०१८) जेसीआई सिनेटर विजय गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर ३ वटा क्षेत्रमा आर्थिक तथा जिन्सी सहयोग गर्नु भएको छ । चैत ९ गते शनिवार परेको जन्मदिनको अवसर पारेर देवदह जेसीजका संस्थापक अध्यक्ष समेत रहनु भएका गुरुङले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको अन्तराष्ट्रिय गौतम बुद्ध स्डेमियमलाई नगद १० हजार, जेसीआई फाउण्डेशनलाई ११ हजार १ सय ११ रुपैया जम्मा गर्नु भएको छ । यसैगरी सिनेटर गुरुङले देवदह नगरपालिका वडा नम्बर ३ निवासी अग्नि पीडित तारा बोहोरालाई ५ हजार नगद र विभिन्न खाद्यन्न सामाग्री हस्तान्तरण गर्नु भएको छ । उहाँले अगनी पीडितलाई देवदह जेसीजको संयोजनमा सहयोग गर्नु भएको थियो । आफ्नो जन्मदिनमा गरिने फजुल खर्च भन्दा परोपकारी कार्यमा लगानी गर्नु पर्छ भन्ने मान्यता राख्दै आउनु भएका सिनेटर गुरुङले यस अघिका वर्ष हरुमा पनि केही न केही यस्तै सामाजिक कार्यमा सहयोग गर्दै आउनु भएको थियो ।
सानै उमेरदेखि सामाजिक सेवामा समर्पित हुँदै आउनु भएका सिनेटर गुरुङले सामाजिक सेवा नै आफ्नो जीवनको लक्ष्य रहेको बताउनु भयो ।