• झापा, चैत ११ ।
    सडक दुर्घटनामा परि गम्भिर घाईते भएकी शिवसताक्षी नगरकी स्वास्थ्यकर्मी शुजना शेर्माको सोमबार साँझ झापाको विर्तामोड स्थीत विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
    शिवसताक्षी नगरपालिकाको सतासीधाम स्वास्थ्य चौकीको ल्याव असिस्टेन्ड पदमा कार्यरत २३ वर्षीय शेर्माको मृत्यु भएको सो अस्पतालले जनाएको छ । नगरको वडा नम्बर ८ स्थीत विकास चोककी शेर्मा गएको चैत ४ गते कनकाई नगरको जामुनखाडी चोकमा दुर्घटनामा परेकी थिईन । झापाको विर्तामोडबाट घर फर्कने क्रममा पुर्वपश्चिम जामुनखाडी चोकमा दुर्घटनामा परेकी शेर्मालाइ उपचारको लागि विर्तामोडको विएण्डसी लगिएको थियो ।
    शेर्मा सवार मे ९ प ७१६२ नम्बरको स्कुटी को १ च ९४०१ नम्वरको पिकअप भ्यान संग ठोक्कीएको ईलाका प्रहरी कार्यलय सुरुङ्गाले जनाएको छ । शेर्माको मंगलवार मेचि अंचल अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…