• काठमाडौँ, १३ चैत

    : निजी क्षेत्रको जलविद्युत् कम्पनी युनियन हाइड्रोपाव रले आजदेखि रु ३५ करोड ३४ लाख ३४ हजार बराबरको प्राथमिक शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेकोमध्ये दुई प्रतिशतअर्थात् ७० हजार ६६८ कित्ता कर्मचारीका लागि र बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता सर्वसाधारणका लागि बिक्री शुरु गरेको हो ।

    कम्पनीले पहिलो चरणमा यही चैत १७ गतेसम्म शेयर बिक्री गर्नेछ । सो अवधिमा शेयर बिक्री नभएमा कम्पनीले ढिलोमा आगामी वैशाख १२ गतेसम्म बिक्री गर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार ५०० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि झण्डै ११ वर्ष रहेको छ । कूल तीन मेगावाट क्षमताको सो आयोजनाको प्रतिमेगावाट लागत रु २६ करोड ५० लाख रहेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेप्से परिसूचक नयाँ वर्षको पहिलो कारोबारमा दिनमा २०.६७ अंकले बढ्दै अहिलेसम्मकै उचाइ कायम गरे…

काठमाडौं । विसं २०७७ सालको अन्तिम दिन नेपालको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ …

हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय…

काठमाडौँ, १४ चैत जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्य…