• मोरङको सुन्दर हरैचामा रहेको पुर्वकै चर्चित सुकुना बहुमुखी क्याम्पस केहि समय अघिदेखी बिबादीत बन्दै गईरहेको छ । उक्त क्याम्पसमा प्राध्यापकहरुले लिदै आईरहेको दोहोरो सुविधा लगायतका अन्य बिषयमा नेपाल बिध्यार्थी संघले आफ्ना मागहरु राखी चरणवद्द आन्दोलनका कार्यक्रमहरु अघि सारेको थियो । त्यहि क्रममा नेविसंघमा आवद्द बिद्यार्थीहरुले क्याम्पस प्रसासनलाई ज्ञापन पत्र बुझाउन जाने क्रममा इकाई सभापति बिजय तोलाङ्गी, सचिव समिर सम्राट, सदस्य जिवन बस्नेत र नेविसंघका क्षेत्रीय सभापति होमनाथ पोख्रेल माथी आक्रमण भएको थीयो । यहि विषयमा नेपाली कांग्रेस मोरङ नेविसंघ शाखाका जिल्ला सदस्य एवम पुर्व इकाई सभापति जितेन्द्र न्यौपाने संग विवेक मिश्रले गरीएको कुराकानीको केहि अंश ः
    प्राध्यापकहरुले लिदै आईरहेको दोहोरो सुविधा भनेको के हो ?
    एउटै व्यक्ति एउटै समयमा दुई वा सो भन्दा बढि ठाँउमा पुर्णकालीन सेवा प्रदान गर्न सक्दैन भन्ने मान्यतालाई आधार मानेर हेर्दा एउटा विद्यालयमा अध्यापन गराउने शिक्षक कार्यलयको समयानुसार उपस्थीत हुनुपर्ने हुन्छ । तर सोहि शिक्षक अन्य क्याम्पसमा सोहि समयमा प्राध्यापकको रुपमा रहेर पठन पाठन गराउन सक्दैन यसको अर्थ पुर्णकालीन सेवा दिन नसक्ने अवश्था रहदा रहदै पनि दुवै तर्फबाट उत्तिकै राज्यबाट पाउने सुविधा लिनुलाई सामान्यत दोहोरो सुविधा लिएको बुझिन्छ ।

    सुकुना क्याम्पसमा हाल कति प्राध्यापकहरुले यस्तो सुविधा लिइरहेका छन् ?
    केहि समय अघि सम्म १९ जना रहेका थिए हाल १३ जना प्राध्यापकहरु रहेको जानकारी छ । जस्तै सुकुना बहुमुखी क्याम्पसको प्रमुख लक्ष्मी श्रेष्ठ हुनुहुन्छ र उहानै सुकुना माबिको पनि प्र.अ. को रुपमा रहनुभएको छ ।

    उहाँहरुले दोहोरो सुविधा लिँदा नेविसंघलाई चै आपत्ति किन ?
    यो आपत्तिको विषय भन्दा पनि शिक्षा ऐनमा लेखिए अनुसार एउटै व्यक्तिले दोहोरो सुबिधि प्राप्त गर्न नपाउने व्यवस्था भए अनुसार त्यस तर्फ उहाँहरुले ध्यान पु¥याउन जरुरत देखिन्छ र उहाँहरु जस्तो बौदिक व्यत्तित्वले नियम कानुनको उल्लघंन गरी कानुनि राज्यको उपहास गरेको भएन र ? त्यसैले यसलाई आपत्ति मानेको भन्न मिल्छ र ?

    आन्दोलनमा झडपको अवस्था कसरी आयो ?
    हाम्रो बिद्यार्थी साथीहरुले शान्तीपुर्ण तवरले आफ्ना मागहरु राखी क्याम्पस प्रसासनलाई बुझाउन जाँदा एकाएक सत्तापक्षधारी बिद्यार्थीहरुले उक्त कार्यक्रम बिथोल्न खोज्ने प्रयास मात्र गरेनन् उनीहरुलाई पुर्व तयारीका साथ सुनियोजीत ढंगले आक्रमण गरी रगताम्य बनाएपछि स्थीती तनावग्रस्त भएको र यो एकतर्फी आक्रमण भएको हुँदा यसलाई दोहोरो झडप चै भन्न मिल्दैन ।

    अवको आन्दोलनका कार्यक्रम कसरी अगाडी बढ्छन् ?
    हाम्रो आगामी दिनमा तयहुने आन्दोलनका कार्यक्रमहरु शान्तीपुर्ण नै हुनेछन्, अहिले सम्म शान्तीपुर्ण ¥याली र कोणसभाहरु गर्दै आईरहेका छौँ यतिले मात्र हाम्रो मागको सुनुवाई नभए र दोषि उपर कार्वाहि नचलाए सम्म साथै दोहोरो सुविधाको अन्त्य नभए सम्म चरणबद्द रुपमा आन्दोलनलाई अझ शसक्त बनाउदै लगिने छ ।

    अन्त्यमा यो आन्दोलनको विषयमा के भन्न चाहनुहुन्छ ?
    हामिले राखेका यि मागहरुलाई यथासिघ्र सम्बोधन गरी समस्याको समाधान गर्न क्याम्पस प्रसासनलाई आग्रह गर्दछौ भने निश्पक्ष र स्वतन्त्र रुपमा आफ्नो कर्तव्य पुरा गर्न सुरक्षा निकायका मित्रहरुलाई अपिल गर्न चाहन्छौँ र यस घटनामा दोषी रहेका व्यक्तिहरुको किटानी जाहेरी दिँदा सम्म कानुनि कठघरामा नल्याइनुले प्रहरी प्रसासन संग समेत हाम्रो गम्भीर आशंका पैदा भएको छ । यस घटनालाई नजर अन्दाज गर्न खोजीएका आगामी दिनहरुमा आइपर्ने सम्पुर्ण घटनाहरुको जिम्मेवारी क्याम्पस प्रसासन स्वयमले लिनुपर्नेछ भन्दै आन्दोलनमा सहभागीता जनाउनुहुने सबै महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आगामी आन्दोलनका कार्यक्रममा पनि उपस्थित जनाई दिनुहुन्छ भन्ने बिश्वास लिएको छु ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…