• झापा, चैत २७ ।
    झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थीत अरुणोदय प्राथमिक विद्यालयले वुधबार विविध कार्यक्रमको आयोजना गर्दे वाल मैत्रि कक्षाको उद्धघाटन तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
    वडा नम्बर ८ का अध्यक्ष केहरशिह वस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम १ लाख ७२ हजार रुपैयाँमा निर्मीत वालमैत्रि कक्षाको उद्धघाटन गरिएको हो । नगरको वडा नम्बर ८, नगरपुर्वाधार बिकास, रतुवामाई वृक्षारोपण आयोजना र सेवा क्षेत्रका अभिभावक लगायतको आर्थीक सहयोगमा वालमैत्रि कक्षा निर्माण भएको हो । सो कक्षा निर्माणका लागि विद्यालयका प्रधानाध्यापक रन्तकुमार प्रधानले समेत १५ हजार आर्थीक सहयोग गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
    शिक्षक अभिभावक संघका अध्यक्ष खड्गवहादुर मेनेङवोको अध्यक्षतामा भएको कार्यक्रममा २०७५ सालको वार्षीक परिक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै विद्यालयले वर्षभरी गरेका अतिरीक्त कृयाकलापमा उत्कृष्ठहुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
    कार्यक्रममा वडा सदस्य चन्द्र लावती लगायतले विद्यालयले शैक्षीक गुणस्तर सुधार गरेर विद्यार्थीको संख्या थपेको विद्यालय प्रसासनका खुलेर प्रसंसा गरेका थिए । कतिपय सामुदायीक विद्यालयमा अर्काका नानि पढाउने शिक्षक शिक्षीकाले निजि विद्यालयमा आफ्ना नानि पढाउने गरेको भन्दै उनिहरुको अभिभावकले खिल्ली उडाए । अर्काका नानि पढाउनेले आफ्ना नानि पनि सामुदायीक विद्यालयमै पढाउनुपर्ने उनिहरुको तर्क थियो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…