• काठमाडौं– मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ वटै जिल्लाको मतगणना सकिएको छ । निर्वाचन आयोगले मतगणना सकिएपनि अन्तिम नतिजा सार्वजनिक गर्न भने समय लाग्ने जनाएको छ ।

    आयोगका प्रवक्ता नवराज ढकालले सवै नतिजा सार्वजनिक गर्न अझै समय लाग्ने बताए । उनले आयोगले अपडेट गरेको आँकडा अन्तिम नभएको पनि बताए ।
    निर्वाचन आयोगले आफ्नो वेभसाइडमा चढाएको नतिजा अनुसार समानुपातिकमा एमाले नै अगाडि छ । जसले ३१ लाख ७३ हजार ४९४ छ भने कांग्रेसको ३१ लाख २८ हजार ३८९ मत रहेको छ ।

    त्यसैगरी माओवादी केन्द्रको १३ लाख ३ हजार ७२१ मत छ । त्यस्तै राजपा नेपालको ४ लाख ७२ हजार २५४ छ भने संघीय समाजवादी फोरमको ४ लाख ७० हजार २०१ छ । त्यस्तै विवेकशीला साझा पार्टीको २ लाख १२ हजार ३६३ छ भने राप्रपाको १ लाख ९६ हजार ७८२ मत आएको छ । राप्रपा प्रजातान्त्रिकको ८८ हजार ३७७ रहेको छ ।

    नयाँ शक्तिको ८१ हजार ८३७ मत आएको छ भने राजमोको ६२ हजार १३४ मत आएको छ । आयोगका अनुसार अन्य दलको जम्मा ३ लाख ५५ हजार १९२ मत आएको छ । तर, आयोगका अनुसार सवै जिल्लाको मत परिणाम इन्ट्री गर्ने काम भइरहेकाले यो संख्या नै अन्तिम भने होइन ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…