देबु बानियाँ
बाहुनडाँगी, ९ बैशाख । नेपाल जेसीजको एरिया ‘डि’ को क्षेत्रीय सम्मेलन असोज ३ र ४ गते कैलालीको अत्तरियामा हुने निश्चित भएको छ ।
आतिथ्यतामा शाखा अत्तरिया जेसीजको हालै सम्पन्न बोर्ड बैठकले असोज ३ र ४ गते सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनका लागि आतिथ्यता शाखा अत्तरिया जेसीजका संस्थापक अध्यक्ष गिरीराज कडायतलाई निर्देशकमा चयन गरिएको छ । सम्मेलनको सह निर्देशकमा पूर्व अध्यक्ष वीरबहादुर खत्री रहनु भएको छ । सदस्यहरुमा पूर्व अध्यक्ष लोकराज पाण्डे, निर्वतमान अध्यक्ष कमल कठायतलगायत रहनु भएको छ । सम्मेलनको सचिवमा पूर्व अध्यक्ष भरत खड्का र कोषाध्यक्ष पूर्व अध्यक्ष तेजबहादुर खड्कालाई चयन गरिएको शाखाका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका वर्तमान राष्ट्रिय उपाध्यक्ष दिनेश बोहोराले बताउनु भयो ।
गत वर्ष त्रिभूवननगर जेसीजको आतिथ्यतामा सम्पन्न क्षेत्रीय सम्मेलनमा अत्तरिया जेसीजले वर्ष २०१९ को क्षेत्रीय सम्मेलन गर्ने प्रस्ताव राखेपछि यस क्षेत्रका शाखाहरुले अत्तरियालाई सम्मेलन गर्नका लागि सर्वसम्वत अवसर दिलाएका थिए ।
सम्मेलनका लागि ११ जनाको मुल समिति निर्माण गरिएको छ भने विभिन्न उप समिति समेत गठन गरिएको छ । जसमा आभास उप समिति, आर्थिक समिति, प्रचार प्रसार समति रहेका छन् । सम्मेलन स्थलका लागि दुई स्थानलाई चयन गरिएको छ । गोदावरी रिसोर्ट र अत्तरिया बजारमा रहेको रिसोर्ट मध्ये एकमा गर्ने तयारी गरिएको आतिथ्यता शाखाले जनाएको छ । ६ महिना पछि हुने उक्त सम्मेलनको तयारीमा छुटेको शाखा अध्यक्ष गणेश शाहले बताउनु भयो । यस क्षेत्रमा ४८ वटा शाखा रहेको यस क्षेत्रको निरुपित कार्यकारीणी उपाध्यक्षमा श्याम सुन्दर पौडेल मिलन, निरुपित उपाध्यक्षमा रुकमणि सिग्देल, अर्जुन अधिकारी र दिनेश बोहोरा रहनु भएको छ ।