• काठमाडौं, २ पुस । चिलीमा पहिरोका कारण एक गाउँ पूरिएको छ ।

    पहिरोमा परि कम्तिमा पाँचजनाको मृत्यु भएको छ । मुसलधारे वर्षासँगै गएको पहिरोका कारण चिलीको दक्षिणी क्षेत्रमा रहेको पर्यटकीय गाउँका जर्दनौं घरमा क्षति पुगेको हो । लेक क्षेत्रको ग्रामीण बस्ती भिल्ला सान्ता लुसियामा पहिरोका कारण दर्जनौँ घर पुरिएको छ । यस्तै १५ जना मानिस बेपत्ता भएका छन् । चिलीका राष्ट्रपति मिशेल बाचेलेतले पहिरो प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेका छन् । लेक क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ भने सडकसञ्जाल पनि टुटेको छ । उद्धार तथा राहतको कामलाई तीब्र र प्रभावकारी बनाउन आदेश दिएको राष्ट्रपति बाचेलेतले बताएका छन् ।

    चिलीको राजधानी सान्टियागोबाट ११ सय किलोमिटर दक्षिणमा रहेको गाउँमा पहिरोले नोक्सानी गरेको हो । लगातारको वर्षासँगै पहाडबाट लेदोसहितको पहिरो गएको हो । गएको २४ घण्टा भन्दा लामो समयदेखि त्यस क्षेत्रमा मुसलधारे पानी परिरहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । गाउँका केही मानिसलाई हेलिकप्टर मार्फत उद्धार गरी नजिकको बजार चाइटेन लगिएको छ । अहिले पनि उद्धार तथा हराएकाको खोजी भइरहेको छ । कोर्कोवाडो राष्ट्रिय निकुञ्ज नजिक रहेको गाउँ पर्यटकीय गन्तव्यको रुपमा रहँदै आएको छ ।

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…