• लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’ आज बैशाख २१ गते सनिवारको दिन काठमाडौंस्थित कमल पोखरी बिग मूमिजहलमा ‘केःसाङला’को भव्य प्रदर्शन भएको छ।

    चोकफूङ इन्टरटेनमेन्ट प्रालि र केःसाङला प्रदर्शन समितिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि सभामुख कृष्ण बहादुर महरा सहभागी थिएभने
    विशिष्ट अथितिहरुमा नेपाल चलचित्र बोर्डका अध्यक्ष केशब भट्टराइ ,पूर्व संसद पासाङ्ग शेर्पा, बरिष्ठ चलचित्र निर्देशक नविन सुब्बा, कियाचु केन्द्रिय अध्यक्ष योगराज वानेम, माननीय संसद एल. पी. साबा लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

    दुवै मृगौला रोगबाट पीडित निर्मल फ्याकको सहयोगार्थ प्रदर्शन गराइएको ‘केःसाङला चलचित्र हेर्नेहरुको निकैठुलो भिडले हल खचाखच  भरिएको थियो ।
    बिषेस लिम्बु समुदायको आफ्नो मौलिक कला सास्कृति जोगाउन र परन्तु आफ्नो एतिहासिक कथा बोकेको ‘केःसाङला’ चलचित्र यसअघि हङकङमा च्यारिटी शो गरिसकिएको छ ।

    बैशाख २८ गते पाच्थारको रबि, जेठ ३ गते ताप्लेजुङ सदरमुकाम फुङलिङमा ‘केःसाङला’ चलचित्रको प्रदर्शन हुने भव्य तयारि भएको ‘केःसाङला प्रदर्शन समितिका सचिव अर्जुन मादेनले बताए ।

    जेठ ११ गते रास्ट्र सभाहलमा नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा हुन गइरहेको नेपाल आदिवासी चलचित्र प्रदर्शनमा आदिवासी लिम्बु चलचित्र केःसाङला’ ले प्रतिनिधित्व गर्ने, निर्देशक लोकेन साँवाले रातोकलमलाई बताए ।


     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…