• ४ पुस, काठमाडौं । 

    निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारलाई चुनाव लड्न अधिकतम २५ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउने नियम बनाइदिए पनि कुनै पनि विजयी उम्मेदवारले त्यो सीमाभित्र रहेर रकम खर्च नगरेको प्रष्टै देखिन्छ ।

    तर, देशमा एकजना यस्ता सांसद चुनिएर आएका छन्, जसले जम्मा १३ लाख रुपैयाँ मात्रखर्च गरेर चुनाव पनि सानदारसंग जिते । सादगी जीवन बिताउन चाहने, तर काम भने आक्रामक गर्ने     पूर्व मन्त्री लालबाबु पण्डित  ले आफ्नो चुनावका लागि १३ लाख १६ हजार १ सय ७८ रुपैयाँ खर्च भएको बुझाए ।

    मोरङ निर्वाचन क्षेत्र ६ बाट कांग्रेस उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका एमाले नेता लालबाबु पण्डितले चुनाव प्रचारका क्रममा जहिल्यै पनि ‘अभावपूर्ण’ खानपिन र हिँडडुल गरे । पण्डित सामान्य प्रशासनमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका एमालेका युवा नेता ओसिम आलमका अनुसार पण्डितले चुनाव प्रचारका क्रममा जहिल्यै अभाव मात्र भोगे । ‘धेरैले अनेक लोभलालच देखाए,’ आलमले भने, ‘उहाँले पैसा माग्ने मतदातालाई पैसा नै चाहिएको छ भने मलाई मत नदिनू, म पैसा दिन्न सक्दिनँ भन्नुहुन्थ्यो ।’

    पण्डितलाई चुनाव प्रचारमा खर्च हुन्छ भनेर काठमाडौंका एकजना ढकाल थरका विद्यार्थीले उनको मोबाइल नम्बरमा दुई हजारको रिचार्ज हालिदिए । नेता पण्डितलाई यो कुरा मन परेन । उनले रिचार्ज हाल्नेलाई कलब्याक गरे र भने, ‘के गरेको यो ? किन पैसा हालेको मेरो मोबाइलमा ?’ ती विद्यार्थीले जबाफ दिए, ‘मेरो रिचार्जको पैसाले तपाईंलाई मत माग्न सजिलो होस् भनेर मात्र हो, अन्यथा नसोच्नुहोला ।’

    पण्डितले ६ सय ७५ मतले कांग्रेस उम्मेदवार कोइरालालाई पराजित गरेका हुन् । पण्डितले निर्वाचन आयोगलाई बुझाएको विवरणमा १३ लाख १६ हजार १ सय ७८ रुपैयाँ खर्च भएको उल्लेख छ । नेता पण्डितको खर्च विवरणअनुसार उनलाई अस्ट्रेलियाबाट ५ लाख रुपैयाँ प्राप्त भएको थियो । खाडी मुलुकबाट पनि उनका शुभचिन्तकले केही रकम पठाएको पण्डितका स्वकीय सचिव आलमले बताए ।

    आफ्नै सक्रियतामा स्थानीय स्तरमा चुनावका लागि सहयोग गरिदिन अनुरोध गरेको पण्डितले बताए । ‘केही ऋण र बचतबाट मैले १ लाख ५० हजार संकलन गर्न सफल भएँ,’ उनले भने, ‘बाँकी रकम देशविदेशका साथीभाइ र शुभचिन्तकले सहयोग गर्नुभयो ।’

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…