• कोरियामा सोमबार यो बर्षकै उच्च हिमपात भएको छ। राजधानी सोल तथा  आसपासका क्षेत्रमा गए रातिदेखि परेको उच्च हिमपातका कारण राजधानी जोडिने कैयु सडक अबरुद्व भएका छन्। कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन केएमएले जनाए अनुसार सोल, तथा ख्यांगी  प्रान्तका ग्वाङ्गजु  ,किम्पो , नाम्याङ्जु ,गुरि लगायतका स्थान हरुमा १० सेन्टिमिटर सम्म हिउँ परेको छ।

    अत्याधिक बाक्लो हिउँ परेपछि केएमएले बिभिन्न क्षेत्रमा  २४ घन्टे स्नो वार्निंङ् समेत जारि गरेको छ। हिउँका कारण सोमबार बिहान सयौंको संख्यामा सवारी दुर्घटना समेत भएका छन् भने सोल नगर प्रसासनले सडकमा जमेको बाक्लो हिउँ पगाल्न हजारौ टन क्याल्सियम कोलोराइड प्रयोग गरिरहेको छ।

    त्यसैगरी अत्यधिक हिउँ जमेका केही मुख्य सडक बिहान ९ बजेदेखि केहि समयको लागि बन्द गरिएको छ। त्यस्तै किम्पो तथा इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमाको धावन मार्गमा हिउँ जमेपछि सयौं आन्तरिक तथा बाह्य उडान समेत अबरुद्व भएका  छन्।

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…