• ग्यालेक्सी सिरिजका स्मार्टफोन निर्माता कम्पनी सामसुङले ए सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

    सामसुङले ग्यालेक्सी A8 (2018) तथा A8 प्लस (2018)  सार्वजनिक गरेको हो । कम्पनीले युरोपेली बजारमा यी दुई फोन लञ्च समेत गरेको छ ।

    यी फोनमा डुअल फ्रन्ट क्यामरा तथा इनफिनिटी डिस्प्ले जस्ता फिचर्स रहेका छन् । ब्लाक, आर्किड ग्रे, गोल्ड तथा ब्लू गरी चार रङमा उपलब्ध यी फोनको मूल्य चाहिँ मोडेल अनुसार फरक छ ।

    A8 को मूल्य ४ सय ९९ युरो तोकिएको छ भने A8+ को मूल्य ५ सय ९९ युरो रहेको छ ।

    आगामी महिना जनवरीदेखि युरोपेली बजारमा यी दुई फोनको बिक्री सुरु हुनेछ ।

    ग्यालेक्सी A8 मा ५.६ इन्धको फूल भ्यू एमोलेड डिस्प्ले रहेको छ । जसको रिजोलुसन १०८० गुणा २२२० पिक्सेल रहेको छ । त्यस्तै ग्यालेक्सी A8+ मा चाहिँ ६ इन्चको फुल भ्यू एचडी डिस्प्ले राखिएको छ ।

    दुबै स्मार्टफोन एन्ड्रोइड ७.१ नुगटमा चल्दछन् र अक्टाकोर Exynos 7885 प्रोसेसरले युक्त छन्।

    दुबैमा डुअल फ्रन्ट क्यामरा छ र १६ मेगापिक्सेलको प्राइमरी फ्रन्ट क्यामरा का साथै ८ मेगापिक्सेलको दोश्रो फ्रन्ट क्यामरा रहेको छ । त्यस्तै ब्याक क्यामरा पनि १६ मेगापिक्सेलकै रहेको छ ।

    ग्यालेक्सी ए एटमा ४ जिबीको र्याम तथा ६४ जिबीको इन्टरनल मेमोरी रहेको छ भने एट प्लसमा ६ जिबीको र्याम तथा ६४ जिबीको इन्टरनल मेमोरी रहेको छ । मेमोरी कार्डको मद्दतले मेमोरीलाई २५६ जिबीसम्म बढाउन सकिन्छ ।

    एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…