• बाहुण्डाँगी । बुटवल जेसीजको तालिम सप्ताह सुरु भएको छ । उक्त तालिम सप्ताहको एक समारोहका विच पाँच नम्वर प्रदेशका प्रदेस सभा सदस्य तथा बुटवल जेसीजका मानार्थ सदस्य भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्नु भएको हो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष तथा सल्लाहकार सिनेटर दिनेश श्रेष्ठ, सिनेटर गोपाल प्रसाद पाण्डे, सिनेटर गणेशचन्द्र पोख्रेल, छिमेकी शाखाका रामग्राम जेसीजका अध्यक्षा जेसी नारायण सुवेदी, सैनामैना जेसीजका अध्यक्ष जेसी सुभास पौडेल, बुटवल महिला जेसीजका अध्यक्ष जेसी लक्ष्मि थापा, बुटवल जेसीजका निवर्तमान अध्यक्ष जेसी यम प्रसाद तिवारी लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो । तालिमको पहिलो दिन नेपाल जेसीजका निवर्तमान अध्यक्ष सिनेटर श्रीधर वस्यालले प्रशिक्षण दिनु भयो । तालिममा विभिन्न क्षेत्रका युवाहरुको सहभागिता रहेको थियो । साता दिन सात तालिम नाराका साथ सूरु भएको तालिम सप्ताह बुटवलका विभिन्न वडा कार्यालयसगको सहकार्यमा सञ्चालन हुने बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले बताउनु भयो । टोल टोलमा जेसीज अभियानमा लैजान तालिम सप्ताहले महत्वपुर्ण भूमिका खेल्ने उहाँको विस्वास छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…