• हिरासतमा रहेका आफ्ना साथी भेट्न जाँदा दुईजना युवाहरु पक्राउ परेका छन् । लागुऔसध मुद्धामा पक्राउ परेका आफ्ना साथीलाई भेट्न चाउचाउको प्याकेटमा लागुऔषध राखि हिरासतका साथीलाई पु¥याउन खोज्दा उनिहरु पक्राउ परेका हुन ।

    लागुऔषध मुद्दामा हिरासतमा रहेका रहेका नवीन शाहीलाई भेट्न गएका उनका दुई साथीले उनलाई दिन लागुऔषध ल्याएको थाहा भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर इमाडोल बस्ने पुजन बम र झापा दमकका धर्मेन्द्र लिम्बु रहेका छन् । उनिहरु हिजो महानगरीय प्रहरी प्रभाग बलम्बुको हिरासतमा रहेका आफ्ना साथी कालिकोटका नवीन शाहीलाई भेट्न उक्त सामान लिएर गएका थिए । लागुऔषध लुकाउन पुजन र धर्मेन्द्रले चाउचाउको पोका फोरेर लागुऔषध लुकाएर फेरि सुपर ग्लुले टालेका थिए ।

    प्रहरीले शंका लागेर खोलेर हेर्दा उक्त चाउचाउको प्याकेटमा १५ वटा नाइट्राभेट ट्याब्लेट, दुई वटा चुरोट र तीन ग्राम कालो चरेश फेला परेको थियो। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार प्रहरीको आँखा छल्न चाउचाउको पोका भित्र लागुऔषध पठाएको पाइएपछि पूजन र धर्मेन्द्रलाई पक्राउ गरिएको हो। उनीहरू विरुद्ध महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …