• काठमाडौँ, पुस ७ गते । प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा (एमाले)को स्थायी कमिटी बैठक चुनावपछि पहिलोपटक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बैठक आह्वान गरिएको छ । आफू पराजित हुनुमा पार्टीको आन्तरिक घात भएको नेता गौतमले गुनासो गरिरहनुभएका बेला स्थायी कमिटीको बैठक उहाँकै निवासमा बोलाइएको हो ।

    बैठकको कार्यसूची सार्वजनिक नगरिएको भए पनि नेकपा एमाले– नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकीकरण, निर्वाचन परिणामबारेको समीक्षा, सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको राष्ट्रियसभा गठन अध्यादेश लगायतका विषयमा छलफल हुने एक नेताले बताउनुभयो ।
    पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले समसामयिक राजनीतिक विषय र अहिले देखिएका समस्याका बारेमा बैठकमा छलफल हुनेछ । माओवादी केन्द्रसँग पार्टी एकताका लागि गठन गरिएको पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला बस्न लागेको एमाले स्थायी कमिटी बैठकबाट ठोस निर्णय आउने विश्वास एमाले नेताको छ । एमालेले प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १६८ गरी कुल २४८ सिट जितेको छ । समानुपातिक निर्वाचनको आधिकारिक परिणाम भने आउन बाँकी छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…