• काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको १५ दिनपछि भारतले औपचारिक रूपमा स्वागत गर्दै शीर्ष नेताहरूलाई बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै टेलिफोन गरी बधाई दिएका हुन् । मोदीले ओलीसँग ‘भावी प्रधानमन्त्री’का रूपमा कुराकानी गर्दै प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्न निमन्त्रणासमेत दिएका छन् ।

    निर्वाचनलगत्तै अमेरिका र जापानले शीर्ष नेतालाई बधाईसहित स्वागत गरे पनि छिमेकी भारत र चीन मौन थिए । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले निर्वाचन सम्पन्न भएकोमा सरकार, राजनीतिक दल र नेपाली जनतालाई बधाई दिइसकेका छन् । मोदीले निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि ओली र प्रचण्डलाई बधाई दिएका छन् ।

    राजनीतिक स्थायित्व र आर्थिक विकास हुने अपेक्षा 
    एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीका अनुसार मोदीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि ओलीलाई निमन्त्रणा गरेका छन् । उनले ओलीलाई भारतमा स्वागत गर्न आफू आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका थिए । प्रत्युत्तरमा ओलीले आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित भएको बताएका थिए ।

    उनले भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गर्ने नेपालको चाहनासमेत व्यक्त गरेका थिए । ओलीले नेपाल भ्रमणका लागि मोदीलाई मौखिक निमन्त्रणा दिएका छन् भने प्रधानमन्त्री भएपछि चिठी पठाउने उल्लेख गरेका छन् ।

    देउवालाई बधाई
    मोदीले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएकोमा पनि मोदीले देउवालाई बधाई दिए ।

    दुई मिनेट लामो कुराकानीमा वर्तमान सरकारलाई भारतले गरेको सहयोग र शुभेच्छाका लागि देउवाले मोदीलाई धन्यवाद दिए । नेपालको शान्ति र स्थिरता सुनिश्चित गर्ने गरी निर्वाचन भएको उल्लेख गर्दै मोदीले यसको प्रमुख श्रेय जाने भन्दै मोदीले देउवाको प्रशंसा गरेका छन् ।

    मोदीले सोधे प्रचण्डको सन्चो–बिसन्चो 
    भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सन्चोबिसन्चो सोधेका थिए । ३ मंसिरमा पुत्र प्रकाशको निधनलगत्तै मोदीले टेलिफोन गरेर प्रचण्डलाई सहानुभूति व्यक्त गरेका थिए ।

    ‘भारतीय प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डको सन्चोबिसन्चो सोध्नुभयो, प्रतिनिधिसभामा निर्वाचित भएकोमा बधाई दिनुभयो,’ प्रचण्डका सञ्चार सहयोगी मनहरि तिमल्सिनाले भने । (नयाँ पत्रिका दैनिक)

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…