• काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलन नै गर्ने भएको छ ।

    नेविसंघले यही पुस ९ गते आइतबार राजधानीको विश्वभाषा क्याम्पसमा बृहत प्रदर्शन गर्ने जनाएको छ ।

    नेविसंघ केन्द्रिय समितिको आयोजनामा राष्ट्रपतिले राष्ट्रिय सभा गठन अध्यादेश रोकेर संविधानभन्दा माथि उठ्न खोजेको भन्दै चर्को विरोध गर्ने नेविसंघले जनाएको छ ।

    नेविसंघका महामन्त्री कुन्दन काफ्लेले सरकारले दुई महिनाअघि नै पेश गरेको राष्ट्रिय सभा गठन अध्यादेश रोकेर संविधानकै खिल्ली उडाएको भन्दै त्यसको विरोधमा कार्यक्रम गर्न लागिएको जनाए ।

    नेविसंघले राष्ट्रिय सभा गठन अध्यादेश तत्काल जारी गर्नसमेत माग गरेको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…