काठमाडौँ/ एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ। प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जितेकाले समानुपातिकतर्फ जम्मा दुईजना पुरुषलाई सांसद बनाउने गरी आयोगमा नामावली बुझाउन लागेको हो। प्रत्यक्षमा जम्मा दुईजना महिलाले एमालेबाट चुनाव जितेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ। एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ। एमालेले खस आर्य समूहबाट स्थायी समिति सदस्य मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँलाई समानूपातिकबाट सांसद बनाउँदैछ।
एमालेले ३९ जना महिलामा राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी,मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम र शर्मिला कार्की सांसद बन्दैछन्।
जनजाति महिलाबाट ११ जनामा थममाया थापा मगर, डा। शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नबीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवी बुढा मगर र रणकुमारी बलमपाकी मगर रहेका छन् । सुजिता एमाले नेता शंकर पोखलेर र तुल्सी थापा एमाले नेता वामदेव गौतमकी श्रीमती हुन्। विद्यार्थी नेतृहरु झाँक्री र नबीना पहिलोपटक सांसद बन्न लागेका हुन्। थारु महिलाबाट शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सत्गौवा सांसद बन्दैछन्।
एमालेले सात दलित महिलालाई समानुपातिकबाट सांसद बनाउने भएको छ। तुलसी पासी, निरादेवि जैरु, विमला विश्वकर्मा, विमला बिक, पार्वती कुमारी विसुङखे, सानु सिबा र आशाकुमारी बिक पनि एमालेबाट सांसद बन्ने मौका पाउँदैछन।
मधेसी महिलाबाट जुलीकुमारी महतो, डा। पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, रेखा कुमारी झा, सरिताकुमारी गिरी र सीता यादव पनि सांसद बन्दैछिन्। जुली एमाले पोलिटब्यूरो सदस्य एवं धनुषा ४ बाट निर्वा्चित रघुवीर महासेठकी श्रीमती हुन्। मुस्लिम महिलाबाट कालिला खान र समिना हुसेन पनि सांसद बन्ने भएका छन्।
एमालेका अभागी
एमालेकै चुनाव चिन्ह सूर्यमा समर्थन जनाएका परिवार दलका एकनाथ ढकाल, चुरे भावर पार्टीबाट एमाले बनेका बद्री मैनाली र मालेबाट प्रवेश गरेका अईन्द्रसुन्दर नेम्वाङ सांसद हुनबाट बञ्चित हुने भएका छन्। एमालेबाट जम्मा दुई जना पुरुषलाई मात्र समानुपातिकबाट सांसद बन्ने भएपछि यी चर्चित अनुहार बाहिरिएका हुन्।