• काठमाडौं।  राजनीतिक गतिरोधका अन्त्यकालागि बसेको सर्वदलीय बैठक निष्कर्षबिहीन भएर टुङगिएको छ।

    बालुवाटार बैठक लगत्तै नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच चियापानमा चिया गफ शुरु भएको छ। बालुवाटार स्थित चियापानमा दुई नेता बसेर बालुवाटार बैठक पछिको बाटोको बारे छलफल हुने श्रोतले जनाएको छ।

    बालुवाटार बैठकमा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संविधान मगाएर बुँदाहरु ब्याख्या गरेपछि ओली र प्रचण्ड बालुवाटारै लगत्तै चियापानमा बसेका छन्। संभवत: अब बाम गठबन्धनले केही नयाँ कोणबाट नयाँ प्रस्ताव लयाउने छ वा सरकारले पठाएको अध्यादेशलाई स्विकृत गर्ने विश्वास कांग्रेसले गरेको छ।

    बैठकमा सिटौलाले नेपाली कांग्रेसले राष्ट्रीयसभामा २-४ सिटकालागि उक्त अध्यादेश नल्याएको जिकिर गरेका थिए। समानुपातिक-समतामुलक संसदको अवधाराणालाई कायम राख्न उक्त अध्यादेश लगिएको स्पष्ट पारे पछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमतीमा टाउको हल्लाएका थिए।

    सरकार गठन र राष्ट्रीय सभा निर्वाचनका राजनीतिक गतिरोधले गर्दा अगाडी बढ्न नसकेको समयमा विवाद सुल्झाउने उद्देश्यले उक्त बैठक बसेको थियो।

    प्रधानमन्त्रीले बोलाएको बैठकमा सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशलाई समर्थन गर्न एमाले र माओवादीलाई प्रमले आग्रह गरेका थिए। उनको आग्रहलाई एमाले र माओवादीले नकारेका थिए।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…