• भरतपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकार गठनबारे बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : अन्नपुर्णबाट





    कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ' कार्यान्वयन गरिसके। अब उनी एमाले अध्यक्ष केपी ओलीसँग पनि उसैगरी आलोपालो होला भन्ने आशामा छन्। शुक्रबार भरतपुरमा उनले त्यो ‘सत्ता-सहमति' बारे पहिलोपल्ट खुलाए।

    ‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएकै हो,' दाहालले भरतपुरको पत्रकार सम्मेलनमा भने, ‘पार्टी एकता संयोजन समिति बैठकबाट अन्तिम टुंगो लाग्नेछ।'

    दाहालले वाम गठबन्धन बन्ने बेलामै यस्तो सहमति भएको दाबी गरेका छन्। एमाले र माओवादी केन्द्रबीच असोज १७ गते चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुग्नेगरी ६ बुँदे सहमति भएको थियो।

    यसअघि ओली र दाहालमध्ये एकले पार्टी नेतृत्व, अर्कोले सरकार हाँक्ने सहमति भएको गाइँगुइँ चल्दै आए पनि सरकारै आलोपालो चलाउनेबारे कुनै चर्चा सार्वजनिक भएको थिएन। वाम गठबन्धनले स्थायी सरकार र आर्थिक समृद्धिको नारा दिएर चुनावमा भोट मागेको थियो।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…