• देबु बानियाँ
    बाहुण्डाँगी । एरिया ‘ए’अन्तर्गत रहेका जुनियर जेसीजहरुको मल्टि च्याप्टर ट्रेनिङ दुहवीमा सम्पन्न भएको छ ।
    नेपाल जेसीजको आयोजना तथा दुहवी जुनियर जेसीजको आतिथ्यतामा भएको तालिममा एरिया ‘ए’ का ८ वटा शाखाका जुनियर जेसीजमा आबद्ध १ सय ५ जना बालबालिकाको सहभागिता रहेको थियो । व्यक्तित्व र नेतृत्व विकास सम्बन्धि तालिमको सहजीकरण विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाई रधरान जेसीजका पूर्व इभिपि तथा धरान जुनियर जेसीजका पूर्व अध्यक्ष दिपेन्द्र निरौलाले गर्नु भएको थियो । बजगाईले व्यक्तित्व निर्माण र निरौलाले नेतृत्व विकास सम्बन्धि तालिम दिनु भएको थियो ।
    दुहवी जुनियर जेसीजका अध्यक्ष कृष्णकुमार पाठकको अध्यक्षता तथा दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जुनियर जेसीजका राष्ट्रिय संयोजक बादल दाहाल, दुवही जेसीजका पूर्व अध्यक्षहरुको समेत सहभागितामा तालिम सम्पन्न भएको हो । कार्यक्रमको संयोजकका रुपमा दुहवी जेसीजका पूर्व महासचिव साक्षी न्यौपाने रहनु भएको थियो ।
    कार्यक्रमको सञ्चालन महासचिव एलिना ढकालले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…