• बाहुण्डाँगी । रत्ननगरमा एसइइ दिएर वसेका विद्यार्थीहरुलाई केन्द्रित गर्दै करियर काउन्सेलिङ कार्यक्रम गरेको छ । सोमवार रत्ननगर जेसीजको आयोजनामा ‘एसइइ पछि के ?’ भन्ने विषयमा विधार्थीलार्ई करियर काउन्सेलिङ गरिएको थियो । कार्यक्रममा भरतपुर र रत्ननगरका कलेज प्रमुखहरुले सहभागि विधार्थीहरुलाई एसइइ पछि कुन कलेज , कुन विषय छनोट लगायतको वारेमा जानकारी गराईएको थियो ।करियर काउन्सेलिङमा करिव २ सय विधार्थीको सहभागिता रहेको थियो । सहभागिहरुलाई विज्ञापनको पछि नलागि राम्रो र गुणस्तरीय शैक्षिक संस्थामा अध्ययन गर्न सुझाव दिएका छन् ।

    कार्यक्रममा क्वेष्ट मोडेल कलेज , स्काईराईडर आवासीय मावि, फोव्स कलेज , सनराईज ईङ्गिलस स्कुल, नारायणी पव्लिक स्कुलका प्रमुखहरुले सहभागि विधार्थीहरुलाई शैक्षिक संस्था र विषय छनोटको वारेमा जानकारी दिनु भएको थियो ।
    करियर काउन्सेलिङ कार्यक्रम सञ्चालन गर्दा विधार्थीलाई एसइइ पछि कुन कलेज र कुन विषय छनोट गर्ने गुणस्तरीय शैक्षिक संस्था पहिचान कसरि गर्न सकिन्छ लगायतको वारेमा जानकारी हुने हुदा विधार्थीको एसइइ पछि के गर्ने भन्ने तनाव केहि हदसम्म कम गर्न सकिने भएकोले यस किसिमको कार्यक्रम सञ्चालन गरेको कार्यक्रमका संयोजक रत्ननगर जेसिजका कार्यकारीणी उपाध्यक्ष सुरज पौडेलले वताए ।

    कार्यक्रमका विशिष्ट अतिथि रत्ननगर १०का वडा अध्यक्ष केशव आचार्यले रत्ननगर जेसिजले उदाहरणीय कार्य गरेको वताउनु भएको छ । आचार्यले रत्ननगरमा जनप्रतिनिधि आईसके पछि यस नगरमा प्राविधिक शिक्षालाई विशेष जोड दिएको वताउनु भएको छ । उहाले हाल रत्ननगरमा ४ओटा विधालयमा प्राविधिक शिक्षा सञ्चालन धएको र यो शैक्षिक शत्रवाट पर्यटकिय क्षेत्र सौराहा वछौलिमा पनि होटल मेनेजमेन्ट विषयको शिक्षा सुरु गरिने वताउनु भएको छ ।
    कार्यक्रममा प्रमुख अतिथि जेसिज क्षेत्र ख राष्ट्रिय निरुपित उपाध्यक्ष कमल भण्डारी रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथि रत्ननगर १० का वडा अध्यक्ष केशव आचार्य , नारायणगढ जेसिजका अध्यक्ष विकासमान श्रेष्ठ,रत्ननगर जेसिज पुर्व अध्यक्ष सुरेशचन्द्र आचार्य, विभिन्न जेसिजका शाखा अध्यक्ष लगाउतको उपस्थिती रहेको थियो । भने जेसिज रत्ननगरका अध्यक्ष सुवास पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…