• अभिनेता बिराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘साङ्लो’को छायाँकन सकिएको छ । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा चलचित्रको छायांकन गरिएको हो । निर्माण टिमले बताएको अनुसार ,'चलचित्रको छायांकन भने ५० दिनमा सकिएको छ '। चलचित्रको छायांकन सकिए पनि प्रदर्शन मिति भने अहिले सम्म तय गरिएको छैन् । निर्माण टिमले बताए अनुसार ,'यो वर्षको जुनसुकै डेटमा पनि चलचित्र प्रदर्शन हुन सक्ने बताउँछन् '। बैशाख २४ गतेबाट फ्लोरमा गएको चलचित्रको बजेट भने दुई करोड माथी रहेको छ ।
    चलचित्रमा बिराज र निकिताका साथमा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई गाउँ पालीकाले १० लाख बजेट दिएको विषयलाई लिएर विवाद आएको थियो । यस विषयलाई अहिलेसम्म अभिनेता तथा निर्देशक भट्टले मुख खोलेका छैनन् । एक्सन-लभस्टोरी जनराको चलचित्र ‘साङ्लो’लाई भोजपुरी र हिन्दीमा पनि डब गरिने छ निर्माण टिमको भनाई छ ।
    बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण हुने चलचित्रको मुख्य सहायक निर्देशन नवराज शर्माले हुन् । चलचित्रका गीतमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत भरेका छन् । चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहको चलचित्रमा श्री श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…