• इटहरी/ भनिन्छ, हरेक बिहानीले दिनको संकेत गर्छ, हुने विरुवाको चिल्लो पात हुन्छ ।यी भनाई ठ्याक्कै मिल्छन् गायिका अन्जु गौतमको सांगीतिक जीवनसँग ।सानैदेखि गायन प्रतिभा थियो । गीतसंगीतप्रति तीव्र लगाव राख्थे, हर हमेशा गीत गुनगुनाउँथिन् गायिका अन्जु गौतम;
    पूर्वी नेपालको तेह्रथुम जिल्लामा जन्मनु भएकी सांगीतिक आकाशका चमकिला तारा गायिका अन्जु गौतम सांगीतिक फाटमा धेरै पहिला देखी कै परिचीत नाम हो।

    अन्जु गौतम ,नेपाली गीत संगितमा संर्घषशिल, मेहनेती र मिलनसार कलाकारहरूको नाम लिनु पर्दा अग्र पक्तिमा आउछिन्।तेह्रथुम जिल्लामा जन्मेकी अन्जु गौतम पछिल्लो समयका ब्यस्त कलाकारहरूको सुचीमा पर्छिन्। चुलबुले र चन्चले स्वभाबकी गायीकाले सानैदेखि सभा समाहरोह तथा स्थानिय प्रतियोगिताबाट अाफ्नो गायन यात्रा शुरू गरेका थिइन्। गायिका तथा मोडलमा रूचि राख्ने उनी अनन्त चकलेटी गायीका बन्न पुगिन्।

    २०६६ मा पहिलो पटक” बिरह चल्ने न्याउली चरी” बोलको गीतबाट गायन क्षेत्रमा प्रबेश गरेकी गायीका अन्जु गौतमले १५० भन्दा बढी
    तीज ,दसैं तीहार ,भजन अनि चलचित्र, पूर्वेली ,लोक दोहोरी तथा अाधुनिक गीतहरूमा अाफ्नो सुमधुर स्वर दिइ सकेकी छिन् भने पूर्वेली लोक गीत छिट्टै बजारमा ल्याउने तयारीमा छिन् ।

    निम्न मध्यम बर्गिय परिवारमा हुर्केकी उनी समयको माग सगै अाफुलाइ परिबर्तन गर्न सक्नाले सबै दर्शक माझ प्यारो बन्न पुगिन्।गायनको सुरूवातमा निकै मेहनत तथा संघर्षमा बिते पनि अाजको दिन सम्म अाइपुग्दा श्रोता दर्शक बाट माया मात्र नभई अहिले सम्म ४,वटा अवार्ड ले सम्मानित भै सकेकी छिन् आफ्नो सफलता देखि गौतम गदंग पर्छिन् ।

    बहुप्रतिभाको धनी अन्जु गौतम गायिका मात्र नभएर नायिका पनी हुन्। चलचित्र “सर्प्राइज र द प्रीन्स”मा अभिनय गरेकी छिन्।गायिका अन्जु गौतम देश भित्र धेरै जिल्लाहरूमा अाफ्नो स्टेज सो गरिसकेकी छिन् भने “दुबइ” कतार”मा पनी अाफ्नो प्रस्तुति देखाइ सकेकी छिन्।

    गायिका अन्जु गौतम हाल काठमाडौं चाबहिल मा संगीत प्रशिक्षण लीइरहेकी छिन् घर परिवार बुवा आमा श्रीमान बाट धेरै नै सपोर्ट हौशला पाएकी छिन् गायिका अन्जु भन्छिन् मेरो सफलतामा मेरो श्रीमान् र परिवारको ठूलो भूमिका छ ।

    लोक गायिका अञ्जु गौतमको ‘काउली फुल्ने बन्दा बेरीनी’ लोक गीतको भिडियो सार्वजनिक भएको छ ।अञ्जु गौतमसँगै चर्चित लोक गायक कमलीकान्त भेटुवालको स्वरमा सजिएको गीतमा शब्द/संगीत राजकुमार बगरको रहेको छ ।

    अर्जुन तिवारीले छायाँकन गरेको भिडियोमा कलम सिंह र ज्योती खड्काको अभिनय रहेको छ । छोटो समयमा नै डेढ सय भन्दा बढी गीतमा स्वर दिईसकेकी गायिका गौतमको पछिल्लो गीत ‘काउली फुल्ने बन्दा बेरीनी’ भाईरल बन्दै गइरहेको छ ।गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् !

    भिडियो हेर्न तलको दिइएको लिङ्कमा क्लिक गर्नुहोस।

    https://youtu.be/U4u5xY0yoes

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…