• काठमाडौं–थ्रेस होल्ड अर्थात मत सीमासहितकोे प्रतिनिधिसभा चुनावले राष्ट्रिय पार्टीको सख्याँ निकै घटाइदियो । संघीय संसदमा पाँच वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका छन् ।

    तर, प्रदेशसभा चुनावको समानुपातिक तर्फको नतिजापछि प्रदेशमा १३ वटा पार्टीले प्रादेशिकस्तरको पार्टीको मान्यता पाएका छन् । प्रतिनिधिसभाको भन्दा यो सख्याँ आठ बढी हो ।

    निर्वाचन आयोगले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार राष्ट्रिय दलको मान्यता पाएका पाँच पार्टी एमाले, काँग्रेस, माओवादी केन्द्र, फोरम नेपाल र राजपाले प्रदेशसभामा पनि आफ्नो सिट सुरक्षित गरेका छन् ।

    यद्यपी फोरम नेपाल र राजपाले सवै प्रदेशमा आफ्नो उपस्थिति जनाउन सकेनन् । फोरम नेपालले प्रदेश १, २ र ५ प्रदेशमा मात्र आफ्नो सिट सुरक्षित गरेको छ भने राजपाले चाहिँ प्रदेश २, ५ र ७ को प्रदेशसभामा आफुलाई दलको मान्यता दिलाएको छ । फोरम नेपाल र राजपा नेपाल चार–चार वटा प्रदेशमा दलको मान्यता पाउनबाट बंचित भए ।

    आयोगका अनुसार प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचनतर्फ भाग लिएका राजनीतिक दलमध्ये १३  दलले प्रदेशसभामा प्रवेश पाएका हुन् । यसमा प्रत्यक्षतर्फ जितेकाको गणना छैन् ।

    प्रतिनिधिसभामा राष्ट्रिय पार्टी बनाउन नसकेपनि राप्रपा, विवेकशील साझा, जनमोर्चा, नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेमकिपा र राप्रपा(प्रजातान्त्रिक) पनि प्रदेशस्तरका दल बनेका छन् ।

    राप्रपाले प्रदेश १, ३ र ६ मा मान्यता पाएको छ । विवेकशील साझाले प्रदेश ३ मा मात्र मान्यता पाएको छ । जनमोर्चाले प्रदेश ४ र ५ मा मान्यता पाएको छ । नयाँ शक्ति पार्टीले प्रदेश ४ मा मात्र मान्यता पाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ मा मान्यता पाएको छ ।  नेपाल संघीय समाजवादी पार्टीले प्रदेश २ मा मान्यता पाएको छ । नेमकिपा र राप्रपा(प्रजातान्त्रिक) प्रदेश ३ मा मान्यता पाएका छन् ।

    प्रदेशसभामा खसेको सदर मतको १.५ प्रतिशत नघाउने दलले मात्र समानुपातिकतर्फको प्रदेशसभा सदस्य सिट प्राप्त गर्ने व्यवस्था छ ।

    यहीँ व्यवस्था अनुसार राप्रपा र विवेकशील साझा पार्टी तीन तीन, जनमोर्चा दुई तथा नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेमकिपा र राप्रपा(प्रजातान्त्रिक) एक एक स्थान प्राप्त गरेका छन् ।

    प्रदेशसभामा समानुपातिकतर्फको २२० स्थानका लागि दलले प्राप्त गरेको सिट संख्यालाई आयोगले शुक्रवार अनुमोदन गरेको थियो । प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ५६५ उम्मेदवार प्रतिष्पर्धामा थिए ।

    निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट संख्या शुक्रवार अवेर सार्वजनिक गरेको थियो ।

    समानुपातिकतर्फ प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २२० स्थानका लागि मतदान भएको थियो ।

    दलले बन्दसूचीमा रहेका उम्मेदवारको समावेशी समूहबाट दर्ता सूचीअनुसार मात्रै विजयी उम्मेदवारको नाम आयोगलाई सिफारिश गर्नसक्ने व्यवस्था छ ।
    अव कुन प्रदेशमा कुन–कुन पार्टी ?

    प्रदेश १ –यो प्रदेशसभामा ६ पार्टी र एक स्वतन्त्र सांसद हुनेछन् । यो सभामा पार्टीको मान्यता पाउनेहरुमा एमाले, काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच र राप्रपाले पाएका छन् । एक स्वतन्त्र सांसद हुनेछन् । यो प्रदेशमा प्रत्यक्षतर्फ ५६ र समानुपातिक तर्फबाट ३७ सांसद हुनेछन् । प्रत्यक्षतर्फबाट आएका एक सांसद स्वतन्त्र हुनेछन् ।

    प्रदेश २ –यो प्रदेशमा पनि ६ दल र एक स्वतन्त्र सांसद हुनेछन । यहाँ संघीय समाजवादी फोरम, राजपा, एमाले, काँग्रेस, माओवादी र नेपाल संघीय समाजवादी पार्टीले दलको मान्यता पाएका छन् । यहाँ प्रत्यक्षतर्फबाट ६४ र समानुपातिक तर्फबाट ४३ सांसद आउनेछन् ।

    प्रदेश ३–यो प्रदेशमा आठ वटा पार्टी हुनेछन् । एमाले, माअ‍ोवादी, काँग्रेस, विवेकशिल साझा, नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले दलको मान्यता पाएका छन् । यहाँ प्रत्यक्षमा ६६ र समानुपातिकमा ४४ संसद आउनेछन् । प्रत्यक्षतर्फ जितेका नयाँ शक्तिका एक सांसद स्वतन्त्र संसदको हैसियतमा हुनेछन् ।

    प्रदेश ४–यो प्रदेशमा पाँच पार्टी र एक स्वतन्त्र सांसद हुनेछन् । यहाँ एमाले, काँग्रेसm माओवादी, जनमोर्चा र नयाँ शक्तिले राजनीतिक मान्यता पाएका छन भने एक स्वतन्त्र सांसद हुनेछन् । यो प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सांसद आउनेछन् ।

    प्रदेश ५ –यो प्रदेशमा ६ राजनीतिक दलले मान्यता पाएका छन् । यहाँ एमाले, माओवादी, काँग्रेस, संघीय फोरम, राजपा र जनमोर्चा प्रदेशसभामा हुनेछन् । प्रत्यक्षतर्फबाट आएका ५२ र समानुपातिकका ३५ सांसद मिलेर यो प्रदेशसभा बन्नेछ ।

    प्रदेश ६–यो प्रदेशमा चार दल मात्र हुनेछन् । एमाले, माओवादी, काँग्रेस र राप्रपाले दलको मान्यता पाएका छन् । यो प्रदेशमा प्रत्यक्षतर्फ २४ र समानुपातिकका १६ संसद हुनेछन् ।

    प्रदेश ७–यो प्रदेशमा पनि चार दलले मान्यता पाएका छन् । यहाँ एमाल, माओवादी, काँग्रेस र राजपाले दलको मान्यता पाएका छन् । यहाँ प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ सांसद आउनेछन् ।

    एमाले ७५ र काँग्रेस ७२
    आयोगका अनुसार नेकपा (एमाले) प्रदेश नं १ मा १५, प्रदेश नं २ मा ७, प्रदेश नं ३ मा १६, प्रदेश नं ४ मा १०, प्रदेश नं ५ मा १३, प्रदेश नं ६ मा ६ र प्रदेश नं ७ मा ८ सिट प्राप्त गर्न सफल भएको छ । जव कि प्रत्यषतर्फ एमालेको प्रदेश १ मा ३६, २ मा १४, ३ मा ४२, ४ मा १७, ५ मा २८, ६ मा १४ र ७ मा १७ संसद चुनिएका छन् ।
    त्यस्तै नेपाली काँग्रेसले प्रदेश नं १ मा १३, प्रदेश नं २ मा ११, प्रदेश नं ३ मा १४, प्रदेश नं ४ मा ९, प्रदेश नं ५ मा १२, प्रदेश नं ६ मा ५ र प्रदेश नं ७ मा ८ सिट प्राप्त गरेको छ । काँग्रेसले प्रदेश १ मा ८, २ मा ८, ३ मा ७, ४ मा ६, ५ मा ७, ६ मा १ र ७ मा ४ ठाउँ जितेको छ ।

    नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ मा ५, प्रदेश नं २ मा ५, प्रदेश नं ३ मा ८, प्रदेश नं ४ मा ३, प्रदेश नं ५ मा ६, प्रदेश नं ६ मा ४ र प्रदेश नं ७ मा ४ सिट प्राप्त गरेको छ । प्रदेश १ मा १०, २ मा ६, ३ मा १५, ४ मा ९, ५ मा १४, ६ मा ९ र ७ मा १) सिट माओवादीले प्रत्यक्षतर्फ जितेको छ ।

    संघीय समाजवादी फोरम नेपालले प्रदेश नं १ मा २, प्रदेश नं २ मा ९ र  प्रदेश नं ५ मा २ सिट पाएको छ । यो पार्टीले प्रत्यक्षतर्फ प्रदेश १ मा १, २ मा २० र ५ मा ३ ठाँउ जितेको छ ।

    राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नं २ मा १०, प्रदेश नं ५ मा १ र प्रदेश नं ६ मा १ सिट पाएका छन् । यो पार्टीले प्रदेशमा प्रत्यक्षतर्फ प्रदेश २ मा १५ र ७ मा १ सिट जितेको छ ।
    आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नं १ मा एक, प्रदेश नं ३ मा एक र प्रदेश नं ६ मा एक सिट प्राप्त गरेको छ । यसले प्रत्यक्षमा प्रदेशसभा तर्फ कही जित निकाल्न सकेन ।

    विवेकशील साझा पार्टीले प्रदेश नं ३ मा प्रदेशसभातर्फ तीन सिट पाएको छ । यसले पनि प्रत्यक्षमा प्रदेशसभा तर्फ कही जित निकाल्न सकेन ।

    राष्ट्रिय जनमोर्चाले प्रदेश नं ४ र ५ मा एक÷एक सिट प्राप्त गरेको छ । यसले प्रत्यक्षतर्फ प्रदेश ४ मा दुई सिटमा जित निकाल्यो ।

    नयाँ शक्ति पार्टी प्रदेश नं ४ मा एक तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं १ मा एक स्थान प्राप्त गर्न सफल भएका छन् । नेपाल संघीय समाजवादी पार्टीले प्रदेश नं २ मा एक, नेपाल मजदुर किसान पार्टीले प्रदेश नं ३ मा एक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले प्रदेश नं ३ मा एक स्थान प्राप्त गरेको छ । नयाँ शक्तिले प्रदेश ३ र ४ मा प्रत्यक्षतर्फ एक–एक ठाँउमा जित निकालेको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…