• बाहुण्डाँगी । झापा जिल्लामा क्रियाशील १४ वटा जेसीज शाखाहरुका पूर्व अध्यक्षहरु संगठन जेसीज पूर्व अध्यक्ष समाज झापाले वीरता जेसीजलाई वर्ष २०१८ को उत्कृष्ट शाखा अवार्डबाट सम्मान गरेको छ ।
    शनिवार सम्पन्न समाजको चौथो वार्षिक साधारणसभाको अवसर पारेर वीरता जेसीजलाई वर्ष उत्कृष्ट शाखा अवार्डले सम्मान गरेको हो । अवार्डसहित वीरतालाई नगद १५ हजार प्रदान गरिएको थियो । यसैगरी, धुलावारी जेसीजका पूर्व अध्यक्ष ऋषीराज तिमिस्नालाई मेची उद्योग वाषिज्य संघको अध्यक्ष तथा सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष त्रिलोचन तिम्सिना सुरुङ्गा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएकोमा समाजले तिम्सिनाद्धयलाई समेत सम्मान गरेको थियो । उनीहरुलाई कार्यत्तक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले सम्मान गर्नु भएको थियो । एकराज गिरीको नेतृत्वमा रहेको वीरता जेसीजले गत वर्ष ९७ वटा विभिन्न विधाका कार्यक्रम सम्पन्न गरेको थियो भने नेपाल जेसीजबाट समेत वर्ष उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको थियो । सम्मान कार्यक्रम समाजका जिल्ला उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नु भएको थियो ।

    बुधवारे जेसीजको आतिथ्यतामा सम्पन्न साधारणसभामा कोषाध्यक्षको प्रतिवेदन समाजका कोषाध्यक्ष इन्द्रवर खड्काले प्रस्तुत गर्नु भएको थियो ।
    समाजका जिल्ला अध्यक्ष सिनेटर विनोद बस्नेतको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवाल, नेपाल जेसीजका तालिम आयुक्त एकराज गिरी, समाजका संस्थापक अध्यक्ष छविलाल खतिवडा, बुधवारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश सिवाकोटी, वीरता जेसीजका अध्यक्ष विशाल थापा, भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडालगायतले बोल्नु भएको थियो । कार्यक्रमा झापाका विभिन्न शाखाका अध्यक्ष तथा पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।
    आतिथ्यता शाखा बुधवारे जेसीजका निवर्तमान अध्यक्ष प्रकाश भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव विष्णु रिमालले गर्नु भएको थियो ।
    सोही कार्यक्रममा एरिया ‘ए’ का महासचिवहरुको महासचिवहरुको तालिम यहि साउन १० र ११ गते हुने कार्यक्रमको बारेमा चारआली जेसीजका महासचिव सञ्जय निरौलाले जानकारी गराउनु भएको थियो ।


सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…